सिमरा गोल्डकपको दशौं संस्करण माघमा

सिमरा गोल्डकपको दशौं संस्करण माघमा

सिमरा : रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण माघ पहिलो साता हुने भएको छ।आयोजक नव जनजागृति युवा क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता माघ ३ गतेदेखि सुरु हुने जानकारी गराएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ। 

सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, मोफसलको तीन र एउटा  विदेशी क्लब गरी १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए। प्रतियोगितालाई रोचक बनाउन यस वर्ष एक विदेशी टीमलाई सहभागी गराइएको पनि मियाले बताए। 

मोफसलका प्रतियोगितालाई व्यवस्थित बनाउन भन्दै एन्फाले मोफसलका २३ प्रतियोगिताको क्यालेन्डर बनाएपछि सहभागी हुने टीमको टुंगो लाग्न बाँकी रहेको आयोजकको भनाई छ। मोफसलको भने आयोजकसहित वीरगन्ज र हेटौडाका टीम रहनेछन्। 

विजय डिष्ट्रिलरीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन्। पुरस्कार राशीमा आयोजकले यस वर्ष ५० हजार वृद्धि गरेको छ। अघिल्लो वर्ष विजेताले पाच लाख ५१ हजार र उपविजेताले दुई लाख ५१  हजार प्राप्त गरेका थिए। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल वा स्कुटर प्रदान गरिने भएको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने विधागत पुरस्कार राशीमा यस वर्ष पाँच हजार थप गरिएको छ। 

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। 

आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ। प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयीमान खेलाडी चयन गर्न लागिएको महासचिव ठकुरीले जानकारी दिएका छन्। 

आयोजकले यस वर्ष पनि ३४ जना खेलाडी, अफिसियल, रेफ्री, ग्राउण्ड म्यानको पाच लाख र ५० जना दर्शकको एक लाखको बिमा गरेको छ । सानिमा जनरल ईन्स्युरेन्सले खेलाडी र दर्शकको बिमा गरेको उपाध्यक्ष दुर्गा थापाले जानकारी दिए। 

करिब ७७ लाख अनुमानित बजेट रहेको प्रतियोगिताको सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद, एन्फा र जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । प्रतियोगिताको सहप्रायोजकमा क्याल ग्रुप अफ इण्डष्ट्रिज, सूर्य नेपाल प्रालित, जगदम्बा स्टील्स्, हुलास स्टील्स्, क्लासिक इण्डष्ट्रिज, ‍विश्वकर्मा सिमेन्टलगायत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.