पेस्तोल अनलोड गर्दा प्रहरीको एक गालाबाट छिरेको गोली अर्को गालामा निस्कियो

पेस्तोल अनलोड गर्दा प्रहरीको  एक गालाबाट छिरेको गोली अर्को गालामा निस्कियो

ललितपुर : महानगरीय प्रहरी प्रभाग, लाँकुरी भञ्ज्याको कार्यालयमा पेस्तोल पड्किदा एक प्रहरी जवान घाइते भएका छन्। शुक्रबार राति भएको घटनामा दोलखाका २२ वर्षीय रोशन श्रेष्ठको घाइते भएका हुन्।

पेस्तोलको गोलीले उनको देब्रे गाला छेडेर दाहिने गालाबाट निस्किएको ललितपुर प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी उपरीक्षक तथा प्रवक्ता शेखर खनालका अनुसार पेस्तोल प्रभागका प्रमुख रमेश तामाङ सुत्ने कोठामा पड्किएको हो।

श्रेष्ठ र तामाङ एउटै गाउँका हुन्। शुक्रबार श्रेष्ठ आफनो गाउँका साथी तामागंलाई भेट्न लाँकुरी भञ्ज्याङ्ग पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खनालले बताए।

उनले भने, ‘म्यागजीन खोलेर अनलोड गर्नेबेलामा त्यसमा गोली छ, छैन थाहा नपाएको र भुलबस थिचिएपछी पड्कीएको हो।’  यस घटनाको बारेमा थप छानबिन गरी प्रतिवेदन पेश गर्नका लागि पाँच सद्स्सीय समिति गठन भएको छ। यसको जिम्मा महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई दिइएको छ। मिश्रले अबको केही दिनमा घटनाको सम्पूर्ण विवरण आइसक्ने बताए।  

तामाङलाई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.