‘गुण्डा नाइके’ मकेश्वर महतो पक्राउ

‘गुण्डा नाइके’ मकेश्वर महतो पक्राउ

बर्दिबास : लामो समयदेखि प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका महोत्तरीको बर्दिबास नगरपालिका–७ प्रेमनगरका मकेश्वर महतोेलाई प्रहरीले पक्राउ गरेको छ ।

आपराधिक समूहका नाइके महतोलाई प्रहरीले धनुषाको जनकपुर–१४ पिडारी चोकबाट पक्राउ गरिएको प्रदेश २ को प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

पक्राउ परेका महतोलाई धनुषाबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर ल्याइएको एसपी ईश्वर कार्कीले जनाए । ‘महतोबारे अब थप कुरा खुल्दैछ, उनीमाथि दर्ता भएको मुद्दाका फाइलहरु अध्ययन अनुसन्धान सुरु गरेका छौँ,’ एसपी कार्कीले भने ।

महतोमाथि महोत्तरी जिल्ला अदालतले अपहरण मुद्दामा ९ वर्ष कैद र एक लाख पाँच हजार जरिवना फैसला गरेको जनाइएको छ । उनीमाथि डाँका, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यानको अभियोगमा मुद्दा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दानबहादुर थापाले जनाए ।

अदालत ‘आहुत सिंह’को नामबाट तराईका जिल्लाहरुमा चिनिएका महतोले सशस्त्र भुमिगत समूहका संचालन गरेर आपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले बताएको छ । यसअघि भएका विभिन्न घटनाको जिम्मा महतोले लिने गरेका थिए । उनलाई प्रहरीले दश वर्षदेखि खोजी गर्दै आइरहेको बताएको छ । प्रहरीका अनुसार महतो भारतमा लुकेर बस्दै आएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.