घुस लिएको भन्दै ईन्जिनियरमाथि विप्लवका कार्यकर्ताको मोसो
![घुस लिएको भन्दै ईन्जिनियरमाथि विप्लवका कार्यकर्ताको मोसो](https://annapurnapost.prixacdn.net/media/albums/biplab-sabha-rajdhani-brikuti_20181124064829_ljd138hs6K.jpg)
मुगु : नेत्रविक्रम चन्द बिप्लव समूहका कार्यकर्ताहरुले छायानाथ रारा नगरपालिकाका ईन्जिनियरलाई घुस मागेको आरोपमा मोसो दलेका छन् ।
नगरपालिकाका विभिन्न योजनामा उपभोक्ताहरुसँग घुस माग्ने गरेको आरोपमा नगरापालिमा कार्यरत ईन्जिनियर महेश कठायतलाई मोसो दलिएको हो । स्थानीयको गुनासोपछि कम्इुनिष्ट पार्टीका केही कार्यकर्ताले निवासमै रहेका ईन्जिनियरलाई आइतबार कालोमोसो दलेका हुन् ।
३८ वर्षीय ईन्जिनियर महेश जुम्ला चन्दननाथ–५ का स्थायी बासिन्दा हुन् । साविकको जिल्ला प्राविधिक कार्यालय अन्तरगत सिआईपी परियोजनामा कार्यरत हुँदा सिँचाइ योजनाका उपभोक्ता समितिहरुबाट मोटो रकम घुस लिएको आरोप उनलाई लागेको हो । हाल छायानाथ नगरपालिकामा कार्यरत रहँदा पनि नगरपालिकाभित्रका योजनाका उपभोक्ता समितिबाट घुस माग्ने गरेको आरोप उनीमाथि लगाइएको छ ।
स्थानीयको गुनासो बढेको भन्दै मुख छोपेर आएका बिप्लव समूहका दुई कार्यकर्ताले एकाएक मोसो दलेका हुन् । घटनापछि उनीहरुले आफ्नो पार्टीले बेलाबेला यस्तो काम नर्गन आग्रह गर्दा बेवास्ता गरेको भन्दै मोसो दल्नु परेको विप्लवका जिल्ला ईन्चार्ज रंगवीर परियार 'संगम' ले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)