पुर्वजनमुक्ति सेनाको प्रदेश कमिटी गठन
महोत्तरी : महोत्तरीको बर्दिबासमा सम्पन्न पूर्वजनमुक्ति सेनाहरुको बैठकले प्रदेश २ स्तरीय तदर्थ समिति चयन गरेको छ ।
बलिदान श्रेष्ठको संयोजत्वमा पूर्वजनमुक्ति सेना नेपालको प्रदेश २ स्तरीय १७ सदस्य समिति चयन गरिएको हो भने, किरण पोखरेलको संयोजकत्वमा ३ सदस्य सल्लाहकार कमिटी समेत गठन भयो ।
विगतमा पहिचान, आत्मसम्मान र अधिकार प्राप्तिका लागि संघर्षको अभियानमा लामबद्ध भए पनि अहिले आफूहरुको माग बारे सरकार गम्भीर नरहेको उनीहरुको निष्कर्ष छ ।
‘जनयुद्धका घाइते, अपाङ्ग, सहीद परिवार, बेपत्ता परिवारको आन्दोलनलाई नैतिक तथा भौतिक समर्थन गर्छौँ,’ संयोजक बलिदान श्रेष्ठले भने, ‘हामी आफ्नो अधिकारको लागि शान्तिपूर्ण र सशक्त संघर्षलाई अगाडि बढाउँछौं ।’