केरौंजाका भूकम्प पीडितलाई घडेरी

केरौंजाका भूकम्प पीडितलाई घडेरी

गोरखा : भूकम्पका कारण बिस्थापित केरौंजाका एकसय ५० पीडित परिवारलाई बुधबार घडेरी वितरण गरिएको छ। भूकम्पबाट बिस्थापित भएको ४३ महिनापछि गाउँमा समारोह आयोजना गरी जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यबस्थापन तथा स्थानीय पुर्वाधार, जिमाली) का प्रमुख रामशरण आचार्य र गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले लालपुर्जा वितरण गरेका हुन्। उनीहरुलाई धार्चे गाउँपालिका–२ केरौंजाको डोङयान, लामाबेंसी र बाम्लाचोकको जग्गा प्रदान गरिएको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए।

जग्जाको नाप नक्शा तयार गर्न गाउँमा नापी र मालपोत कार्यालयको डोरमुकाम टोली परिचालन गरिएको थियो। भूकम्प र त्यसपछि पहिरोले बिस्थापित तीनसय ४८ घरधुरीमध्ये ४१ जना भूकम्पपीडित परिवारलाई गत असारमा लालपूर्जा वितरण गरिएको थियो। अब केरौंजाका एक सय ५४ घरधुरीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। ‘बाँकी रहेकालाई जग्गा खोजी भइरहेको छ’, उनले भने, ‘भूगर्भविद्ले छनोट गरेका ठाउँमा बस्ती स्थानान्तरण गर्न पहल भइरहेको छ।’

भूकम्पबाट बिस्थापित भएको लामो समयपछि केरौंजाका धेरैजसो बासिन्दा सुरक्षित जग्गाको अभाव खेपीरहेका थिए। उनीहरु अर्काको जग्गामा भाडा तिरेर टहरामुनि कष्टकर जीवन बिताउन बाध्य थिए। १६ घरधुरी बिस्थापित भई गोरखा सदरमुकामको एक छेउमा, केही आरुघाट बजार र चितवनमा पनि बसाई सरेका गाउँपालिका अध्यक्ष गुरुङले बताएका छन्।

भुकम्पपछिको पहिरोले गोरखाका २२ भन्दा बढि बस्ती जोखिममा रहे पनि सरकारी पहलबाट केरौंजामा पहिलोपटक स्थानीयलाई लालपुर्जा वितरण गरिएको हो। बिस्थापितलाई जग्गा खरिद गर्न सरकारले दुई लाख रुपैयाँ थप अनुदान दिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.