चितुवाको डिएनए मिल्यो

चितुवाको डिएनए मिल्यो

सन्धिखर्क : डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर मरेको चितुवा नरभक्षीनै रहेको पुष्टि भएको छ । नरभक्षी भए नभएको पुष्टि गन डिएनए चेकजाच गरिएको थियो ।

सहायक वन अधिकृत शिला पोख्रेलले डिएनएबाट चितुवा नरभंक्षी भएको पुष्टि भएको बताइन । नरभक्षी चितुवाको आक्रमणले आतंकीत बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेर मरेपछि खुसी भएका थिए । चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोट लगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका हुन । तर नरभक्षी चितुवा हो हैन भनेर पत्ता लगाउन डिएनए परिक्षणकोलागि पठाइएको थियो ।

नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा अर्घाखाँचीमा दुइ दर्जन वालवालिकामा आक्रमण गरेको छ । जस्का कारण १४ जनाको ज्यान गएको र १० जना घाइते उपचार पछि निको भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.