अर्घाखाँचीमा आतंक मच्चाउने चितुवाको डिएनए परीक्षण गराइयो

अर्घाखाँचीमा आतंक मच्चाउने चितुवाको डिएनए परीक्षण गराइयो

सन्धिखर्क : डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको एउटा चितुवालाई पासोमा पारियो । पाँच वर्षमै २४ बालबालिकामाथि आक्रमण भइसकेपछि स्थानीयको गुनासो अनुसार नै उक्त चितुवा समातिएको थियो ।

स्थानीय प्रशासनको रोहवरमा प्रहरीको सहायतामा चितुवा त पक्राउ गरियो, तर नियन्त्रणमा लिन खोज्दा चितुवाको पनि मृत्यु भयो । चितुवाको आक्रमणबाट आतंकित बनेका ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोट लगायतका स्थानीय त चितुवा पासोमा परेपछि नै खुसी भए ।

खासमा १४ जनाको ज्यान लिने चितुवा त्यही भएको उनीहरुको ठहर थियो । यसाहेक अरु चितुवा पनि जंगलमा नरभक्षी भएको स्थानीयको आशंका छ । नरभक्षीमध्येको नाइके ठानिएको चितुवा मरिसकेपछि पनि नरभक्षी हो वा हैन भनी पुष्टि गर्न उक्त चितुवाको डिएनए परीक्षण समेत गराइएको छ ।

जिल्ला प्रशासनको पहलमा उक्त चितुवाको डिएनए काठमाडौंमा लगेर परीक्षण गर्दा नरभक्षी नै भएको ठहर भएको छ । चितुवाको ब्लड, र्याल, बच्चाको बल्ड, जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न नमुना चेकजाँचको लागि काठमाडौंस्थित प्रयोगशाला पठाइएको थियो ।

सहायक वन अधिकृत शिला पोखरेलका अनुसार डिएनए रिपोर्ट अनुसार चितुवा नरभक्षी रहेको पोजेटिभ रिपोर्ट आएको हो । रिपोर्टका कागजात भने सन्धिखर्क ल्याइ पुर्याउन केही दिन लाग्ने पोखरेलले बताएकी छन् ।

चितुवाको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो भने १० जना घाइतेको उपचार भइसकेको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

चितुवाको डरले गाँउ छाड्नै बाध्य भएको र आफन्तहरु बालबालिका लिएर ढिकुरा, कुर, किमडाडा, नुवाकोट लगायत स्थानमा आउन समेत छोडेपछि उनीहरु त्रसित देखिन्थे ।

स्थानीयको गुनासोपछि चितुवालाई डेढ महिनाअघि पासोमा पारेर समातिएको हो । पासोबाट नियन्त्रणमा लिने क्रममा चितुवा मरेको थियो । डेढ महिनाअघि नै चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा समात्न प्रहरी परिचालन गरिएको थियो ।

स्थानीयहरुले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए । चितुवा समात्न शसस्त्र प्रहरी, नेपाल प्रहरी र बनका कर्मचारी सहित ४५ जना सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । चितुवाको आक्रमणबाट यस क्षेत्रमा बालबालिका अझै त्रसित छन् । सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीयले जिल्लालाई नै संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.