थाहा नगरपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान

थाहा नगरपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान

हेटौंडा : पर्यटकीय नगरी थाहा नगरपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ। तीन नम्बर प्रदेश सरकारले 'घुम्न जाऔं दामन' वर्ष घोषणा गरेको थाहानगरपालिका–१० को विसिङ्खेलमा रहेको आइतबारे चौरमा प्याराग्लाइडिङको सफल उडान भएको हो।

प्याराग्लाइडिङका  प्रवर्द्धक तथा पर्यटन व्यवसायी बैकुण्ठ थापा र पाइलट सागर क्षेत्रीले प्याराग्लाइडिङ उडाएका थिए। थाहानगर–२, कुटीप्वाकलबाट यसअघि प्याराग्लाइडिङ गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भइसकेको छ।

काठमाडौंबाट नजिक रहेको विसिङ्खेलमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको प्याराग्लाइडिङका  प्रवर्द्धक थापाले बताए। ‘यसका लागि अब पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् अनुमति लिने प्रक्रिया अघि बढाउछौं’, उनले भने। प्याराग्लाइडिङको सफल परीक्षणसँगै मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र दामन, पालुङ, चित्लाङ, बज्रबाराही, आग्रासँगै विसिङ्खेलले पनि पर्यटकीय क्षेत्रको रुपमा परिचय बनाएको दश नम्बर वडा अध्यक्ष हीराबहादुर गमालले बताए।

थाहा नगरपालिकाले थाहानगर–४ मा पर्ने सीमभञ्ज्याङदेखि भीमफेदीसम्म जोड्ने गरी केवलकार सञ्चालनबारे पनि सम्भाव्यता अध्ययन थालेको छ। नगरपालिका, प्रदेश सरकार र नागरिकको संयुक्त लगानीमा करिब तीन सयदेखि पाँच सय करोड खर्चिएर केवलकार सञ्चालनको प्रयास थालिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए। ‘त्यसको लागि ड्रोनको सहायताले दुरीमापनका काम सकिएको छ’, उनले भने।

केवलकार करिब साढे ३ किमी लामो हुने प्रारम्भिक अनुमान छ। काठमाण्डौं हुँदै आउने आन्तरिक र बाह्य पर्यटकसँगै सडक मार्ग भएर आउने भारतीय पर्यटकलाई यसले थप आकर्षित गर्ने स्थानीयबासीको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.