सरकारले गरेको मनोमानीको जवाफ संसदबाटै खोजिनुपर्छ : शेखर कोइराला

सरकारले गरेको मनोमानीको जवाफ संसदबाटै खोजिनुपर्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले बलियो प्रतिपक्षी उपस्थिति देखाउन संसद अवरोध गर्नुपर्ने बताएका छन्। दुई तिहाईको दम्भका भरमा कम्युनिष्ट सरकारले देशलाई उँधोगतितर्फ लग्न थालेकोले कांग्रेसले संसदबाटै सरकारलाई खबरदारी गर्नुपर्नेमा जोड दिए।

नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगर आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने, 'कांग्रेसले जुन भूमिका खेल्नुपर्ने हो खेल्न सकेको छैन् अब सरकारले गरेको मनोमानीको जवाफ संसदबाटै खोज्नुपर्छ। म त भन्दै छु संसद नै रोक्नुपर्छ।'

संसदमा प्रतिपक्षीको बलियो उपस्थिति देखाउन संसदीय दलकै नेताले नेतृत्व लिनुपर्ने कोइरालाको सुझाव छ। उनले भने, 'कांग्रेसको दुई तिहाई र कम्युनिष्ट प्रतिपक्षमा भएको भए के उनीहरुले संसद चल्न दिन्थे?'

कोइरालाले देशमा सरकार नै नभएको जनताले महसुस गर्न थालेको टिप्पणी गर्दै कार्यकारी राष्ट्रपतिलाई जस्तो अहिले किन प्रहरी प्रतिष्ठान, महंगो गाडी र हेलिकप्टर चाहिएको भन्दै प्रश्न गरे, 'के एक्जुकेटिभ प्रेसिडेन्टले जे मन लाग्यो त्यही गर्ने?' उनले देश सरकारबिहीन जस्तो भएको आरोप लगाए।

कोइरालाले सरकारले एसिया प्यासिफिक सम्मेलन गराएर झन् बद्नामी कमाएको टिप्पणी गर्दै देशका प्रधानमन्त्री बालुवाटार छाडेर तीन दिनसम्म होटलमा बस्दा निकै नराम्रो सन्देश गएको टिप्पणी गर्दै भने, 'प्रधानमन्त्रीले एक लाख डलर मन्त्रिपरिषद्ले निर्णय नगरी लिन मिल्छ?'

पार्टीको सभापति लिगेसीको हिसाबले मात्र कोही पनि बन्न नसक्ने बताउँदै अबको पार्टीको १४ औं महाधिवेशनको अवधिसम्ममा समय फेरिने बताए। भने, 'त्यतिबेलासम्म खोलामा धेरै पानी बगिसकेको हुनेछ। कार्यकर्ताले कसलाई रुचाउँछन्। कसले पार्टी हाँक्न सक्छ त्यो नै सभापतिको उम्मेदवार हुन्छ।' उनले आफूले अहिल्यै यसबारे बोल्न जरुरी नभएको बताए। समय आएपछि स्पष्ट हुने कोइरालाको कथन थियो।

महासमिति बैठक अघि पार्टी सभापति शेरबहादुर देउवाले कोइरालाको गुट छ कि छैन? भनेर सोधेको र आफूले कोइरालाले लिगेसी कमाए पनि त्यसले मात्र काम नगर्ने स्पष्ट भनिदिएको बताए। २०७६ मा कांग्रेस महाधिवेशन नभए पार्टी झन् कमाजोर हुने बताउँदै कोइरालाले महासमिति बैठकबाट पार्टीमा नयाँ उर्जा तथा स्वरुपमा परिवर्तन आएको स्पष्ट गरे।

संघीय स्वरुपमा लैजान विधान परिवर्तन भएपनि कतिपय बुँदामा अहिले पनि आफ्नो असहमति भएको बताउँदै भने, 'जस्तो क्लस्टरवाइज आरक्षणमा एक पटक मात्र गरेर त्यसपछि प्रतिस्पर्धा नै गरौं भन्ने हाम्रो माग छ।' कांग्रेसको संशोधित विधानअनुसार सह-महामन्त्रीमा आरक्षण राखिएको छ। 

उनले धर्म र राजनीति एक ठाउँमा राख्दा अफ्ठेरो पर्ने बताउँदै कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डाबारे चर्काचर्की रुपमा कुरा उठेको चर्चा गरे। महासमिति सदस्यले यो विषयमा हस्ताक्षर अभियान नै चलाएको बताउँदै भने, 'तर कांग्रेसको अहिलेको धार्मिक नीति भनेको धार्मिक स्वतन्त्रता, धार्मिक सहिष्णुता र सद्भाव हो।'उनले कुनै पनि प्रलोभनमा धर्म परिवर्तन गराउन भने नपाइने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.