साना उद्योगकी प्रमुख प्रशिक्षक पाँच हजार घुससहित पक्राउ

साना उद्योगकी प्रमुख प्रशिक्षक पाँच हजार घुससहित पक्राउ

काठमाडौं : घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक (पाँचौ तह) सरिफा पन्त  घुससहित पक्राउ परेकी छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित उनलाई पक्राउ गरेको हो।   

घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी बिचौलिया  खगेन्द्र बोहोरा र प्रशिक्षक पन्तलाई पाँच हजार घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  अख्तियारले जनाएको छ।  

त्यसैगरी इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर (खरिदार)राज्यनारायण साहलाई घुससहित नियन्त्रणमा लिएको छ ।  

नागरिकता प्रमाणपत्र बनाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग  घुस रकम लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । उनलाई  एक हजार पाँच सय घुससहित नियन्त्रणमा पक्राउ गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.