क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘बारुदमाथि उड्दा’ सार्वजनिक

क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘बारुदमाथि उड्दा’ सार्वजनिक

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापको पुस्तक ‘बारुदमाथि उड्दा' सार्वजनिक भएको छ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापा र मानवअधिकार आयोगका अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश अनुपरााज शर्माले थापाको संस्मरणात्मक कृति सार्वजनिक गरेका हुन्। 

पुस्तकमाथि टिप्पणी गर्दै पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालले थापालाई मृत्यु जित्ने मानिसको संज्ञा दिए। 

‘हेलिकप्टर दुर्घटना भयो, विभिन्न खतराको मुखमा पस्यो। तर, रामेश्वर मर्दै मरेन’,  कटवालले भने, ‘यो कालललाई च्यालेन्ज गर्ने मानिस हो, मान्छे चाहेर मर्दैन काल आउनु पर्छ।’  

उनले माओवादी द्वन्द्वलाई ‘जनयुद्ध’ नभनेर ‘सशस्त्र द्वन्द्व’ भन्नुपर्ने सुझावसमेत दिए।

त्यस्तै पूर्वप्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका अध्यक्ष शर्माले पुस्तकमाथि टिप्पणी गर्दै द्वन्द्वकालका घटनाको वास्तविक चित्रण र क्याप्टेन थापाको जीवन भोगाइको सम्मीश्रण रहेको बताए।

‘उहाँ राजनीतिमा हामफालेर दुई नेताको बीचमा मध्यस्तकर्ताको भूमिकामा देखिनुभएको छ’, शर्माले भने, ‘यो भागलाई उहाँले छुट्टै अध्ययन गरेर पुस्तक निकाल्नु भएको भए उपयुक्त हुन्थ्यो।’ 

पुस्तकको समीक्षा गर्दै नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) अच्यूतकृष्ण खरेलले पुस्तकमा थापाको जीवन र विभिन्न तीन कालखण्डको वर्णन गरिएकाे उल्लेख गरे। 

शर्माले थापाको जीवन नै उडानको दस्तावेज भएको बताए। ‘एउटा केटो पहिले मारवाडीकोमा काम गर्छ त्यसपछि अदालतमा मुखियाको जागिरे हुन्छ र त्यहाँबाट कमाएको सम्पतीले पाइलट बन्छ, पाइलट मात्र हुँदैन कम्पनीको मालिक हुन्छ र  विभिन्न क्षेत्रकाे उद्यमी बन्न सफल हुन्छ’, पुस्तकमाथि टिप्पणी गर्दै खरेलले भने, ‘यस अर्थमा यो पुस्तक लेखकको जीवनकै एक उडान हो।’
  
पूर्व आईजीपी खरेलले अब फेरि त्यस्ता युद्धकालीन  दिन नेपालले देख्न नपरोस भन्ने कामना लेखकले गरेको उल्लेख गरे। 

पुस्तकमाथि टिप्पणी गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सम्पाादक विजय कुमारले पुस्तकमा युद्धको व्याख्यासँगै ‘जनयुद्ध’को समयमा देखेको र भोगेको कुरा समेटिएको बताए। 

‘क्याप्टेन थापाले युद्धको बेलामा घाइते भएका मानिसलाई आफ्नो जीवन जोखिममा राखेर पनि बचाए। यो उनको महानता हो। पुस्तकमा उनको त्यो रुप देखिन्छ’, उनले भने।

थापाको उक्त पुस्तक बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको छ।  आफ्नो ‘फ्लाइङ करिअर’मा नौ हजार घण्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापा माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीको उद्धारमा खटिएका थिए।

पुस्तकमा लेखक थापाले युद्धस्थलमा  छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँमा फसेकाको उद्धार गरेको वर्णन गरेका छन्। 

पुस्तकमा आफूले रामेछापको बेथानदेखि सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालीन अवस्था र उद्धारको रोचक वर्णन गरेको क्याप्टेन थापाले बताए।
 
काभ्रेपलाञ्चोकको सामान्य किसान परिवारमा जन्मेर हेलिकोप्टर पाइलट बन्न गरेको मिहेनत, संघर्ष तथा जीवनमा उठाएका जोखिम र त्यससँग सम्बन्धित घटना र परिघटना उनको पुस्तकमा समेटिएका छन्। 

क्याप्टेन थापाको संस्मरण ‘जनयुद्ध’का दौरान सँगालेका दुर्लभ र जोखिमपूर्ण अनुभवको एरियल न्यारेटिभ हो। पुस्तक अन्नपूर्ण पोस्ट् दैनिकका पूर्वसम्पादक राजाराम गौतमले सम्पादन गरेका हुन्।

क्याप्टेन थापाले पुस्तकको रोयल्टी वापतको रकम क्यान्सर केयरलाई प्रदान गर्ने घोषणा गरेका छन्। पुस्तक विमोचन समारोहमा रोयल्टीको सम्झौतापत्र अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ। बुक–हिल पब्लिकेशनका पवन अचार्यमार्फत् अस्पतालका प्रतिनिधिलाई रोयल्टी सम्झौतापत्र हस्तान्तरण गरिएको हो। 

पुस्तक विमोचना समारोहमै क्याप्टेन थापाले 'जययुद्ध'को समयमा आफ्नो सुरक्षार्थ खटिएकै अवस्थामा मारिएका स्वर्गीय रविन साहकी श्रीमती बिना साहलाई प्रारम्भिक दुई लाख सहयोग हस्तान्तरण गरे। यो रकम छोरीको शिक्षाका लागि दिएको बताए। 

क्याप्टेन थापाको सुरक्षा गर्दागर्दै मारिएकका अर्का सुरक्षाकर्मी मेघराज पौडेलको परिवारलाई भने अहिलेसम्म फेला नपारिएको थापाले बताए। 

जनयुद्धका बेला नेपालगञ्जको एक होटटमा सुतिरहेका बेला उनीमाथि हतियारधारीले हमला गर्दा उनको सुरक्षाका लागि खटेका नेपाल प्रहरीका तीन प्रहरी हवल्दार मध्ये दुईजना मारिएका थिए। 

२१४ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ४२५ रुपैयाँ रहेको छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.