हमासले बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहा

काठमाडौं : हमासले बन्धक बनाएका चार जना महिला रिहा भएका छन्। इजरायली सैनिकसमेत रहेका चार जना महिलालाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ।
रिहा हुनेमा करिना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग रहेका छन्। उनीहरू रिहा भएपछि इजरायलको राजधानी तेल अविवमा खुसीयाली माहोल छाएको छ।
हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो। रेडक्रसमार्फत उनीहरूलाई आफन्तको जिम्मा लाइनेछ। युद्धविरामको घोषणा भएसँगै बन्धक बनाइएकहरू रिहा हुने क्रम जारी रहेको छ। चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने बतइएको छ। यसअघि पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
