डीपीएल अक्सन : पाँच खेलाडीलाई सर्वाधिक बोली

डीपीएल अक्सन : पाँच खेलाडीलाई सर्वाधिक बोली

काठमाडौं : घरेलु प्रतिष्ठित फ्रान्चाइज क्रिकेट लिगमध्येको धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणका लागि भएको खेलाडी अक्सन (बोल कबोल)मा पाँच खेलाडीका लागि सर्वाधिक बोली लागेको छ। 

एकभन्दा बढी टोलीले सर्वाधिक रकममा दाबी गरेपछि पाँच खेलाडीको निर्णय चिट्ठामार्फत गरिएको थियो।

त्यसमध्ये चिट्ठामा रूपन्देही च्यालेन्जर्स भाग्यमानी ठहरियो। रूपन्देहीले ललित भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई चिट्ठामार्फत अनुबन्ध गर्न सफल भयो। तीनै खेलाडीका लागि रूपन्देहीले जनही दुई लाख ५० हजार रुपैयाँ खर्चेको थियो। 

यस्तै महेन्द्रनगर युनाइटेडले मोहम्मद आरिफ सेख र धनगढी स्टार्सले पवन सर्राफलाई चिट्ठामार्फत आफूसँग अनुबन्धित गरेको छ। यी दुवै खेलाडीले पनि जनही दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

माघको २६ देखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि शनिबार काठमाडौंमा भएको अक्सनमार्फत ललितनारायण राजवंशी पनि दुई लाख ५० हजारको सर्वाधिक रकममा विकेका छन्। 

ललितलाई काठमाडौं गोल्डेन्सले सो रकम खर्चेको हो। उनीहरूबाहेक सन्दीप जोरा, भुवन कार्की, रोहितकुमार पौडेल र प्रदीप ऐरी पनि दुई लाखभन्दा बढी रकममा विकेका छन्।

सन्दीपलाई दुई लाख ३० हजार र भुवनलाई दुई लाख १० हजारमा सीवाईसी अत्तरियाले खरिद गरेको छ। यस्तै रोहितलाई दुई लाख ३० हजारमा महेन्द्रनगर युनाइटेडले र प्रदीपलाई दुई लाख ४० हजार रुपैयाँमा रूपन्देही च्यालेन्जर्सले अनुबन्ध गरेको छ।

उसले खेलाडी अनुबन्धका लागि १४ लाख ४५ हजारको सर्वाधिक रकम खर्चेको छ। डीपीएलले खेलाडी अनुबन्ध गर्न टोलीहरूका लागि अधिकतम १२ लाख रुपैयाँसम्म खर्च गर्न पाउने (पर्स मनी) नियम बनाएको थियो। रूपन्देहीले जरिवानासहित थप रकम तिरेर खेलाडी अनुबन्ध गरेको हो।

सो रकममा रूपन्देहीले ललित, विनोद, भीम र प्रदीपबाहेक सन्दीप सुनारलाई एक लाख १० हजार, कृष्ण कार्कीलाई एक लाख, विक्रम सोबलाई ६० हजार, पुरन विकेलाई ५० हजार तथा सुरज दराई र अनिल खरेललाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

रूपन्देहीपछि सर्वाधिक रकम खर्चेको धनगढी स्टार्सले पवनबाहेक अमित श्रेष्ठ र सुनिल धमलालाई समान एक लाख ८० हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ। यस्तै सौरभ खनाललाई एक लाख ६० हजार, विपीन खत्री र हरिबहादुर चौहानलाई ९५ हजार, दीपेश श्रेष्ठलाई ८० हजार, राजु रिजाललाई ७५ हजार, सन्दीप रजालीलाई ४० हजार, रोबिन क्षेत्रीलाई ३५ र धिरज शाहीलाई ३० हजार रकम खर्चेर अनुबन्ध गरेको छ।

यस्तै खेलाडी अनुबन्ध गर्न कुल ११ लाख ८५ हजार रुपैयाँ खर्चेको महेन्द्रनगर युनाइटेडले आरिफ र रोहितबाहेक अविनाश बोहोरालाई एक लाख ७० हजार, अमरसिंह रौटेलालाई एक लाख २० हजार, सागर ढकाललाई एक लाख, दिलीप नाथलाई ७५ हजार, सिद्धान्त लोहनीलाई ७० हजार, सहब आलमलाई ६० हजार, कुशल मल्ललाई ५० हजार तथा दीपेन्द्र चन्द र सन्तोष भट्टलाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

त्यसपछि कुल १० लाख ९५ हजार खर्च गर्दै ललितका लागि सर्वाधिक रकम खर्चेको काठमाडौं गोल्डेन्सले रसिद खान र अनिलकुमार शाहलाई समान एक लाख ७० हजार तथा विक्रम भुसालका लागि एक लाख ६० हजार रुपैयाँ खर्चेको छ। योगेन्द्र सिंह कार्कीका लागि ७० हजार खर्चेको काठमाडौंले सोनु तामाङलाई ६५ हजार तथा नन्दन यादव, सूर्य तामाङ र मेहबुब आलमका लागि समान ५० हजार रुपैयाँ तिरेको छ। यस्तै अभिनव यादव र सुधीर चौधरीलाई जनही ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

कुल नौ लाख ९० हजार रकम खर्च गरेको विराटनगर किङ्सले मोहम्मद आसिफ सेखले सर्वाधिक एक लाख ८० हजार खर्चेको छ। यस्तै कुशल भुर्तेलका लागि एक लाख ६० हजार, पृथु बास्कोटालाई एक लाख २० हजार, किशोर महतो र सुसन भारीलाई समान एक लाख र हरिशंकर शाहलाई ९० हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ। मोहम्मद सांसद सेख र राजेश पुलामीलाई जनही ७५ हजार तिरेको विराटनगरले अर्जुन अधिकारी, अमृत गुरुङ र तृतराज दासलाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गराएको छ।

खेलाडी अनुबन्धका लागि सबैभन्दा कम नौ लाख रकम खर्च गरेको सीवाईसी अत्तरियाले भुवन र सन्दीपका लागि मात्रै लाख रुपैयाँभन्दा बढी तिरेको छ। त्यसबाहेक कमलसिंह ऐरीका लागि ९० हजार खर्चेको अत्तरियाले जितेन्द्रसिंह ठकुरी र रामनरेश गिरीलाई समान ७५ हजार, प्रेम तामाङ र सुबेन्दु पाण्डेलाई समान ५० हजार, दीपेन्द्र रावत, आदिल अन्सारी, खगेन्द्र जोशी र रीत गौतमलाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

अत्तरियाले ज्ञानेन्द्र कुँवर, विराटनगरले सुवास अयर, धनगढीले कृष्ण अयर, काठमाडौंले विक्रम ठगुन्ना, महेन्द्रनगरले सुशील खड्का र रूपन्देहीले शेर मल्ललाई स्थानीय खेलाडीको कोटामा अनुबन्ध गरेको छ। यी सबै खेलाडीको रकम ३० हजार तोकिएको छ। सोमबार भएको अक्सनमार्फत सबै खेलाडीले समान १२ खेलाडीलाई अनुबन्ध गरेका छन्। त्यसबोहक उनीहरूसँग एक-एक स्ट्राटेजिक खेलाडी छन्। अब प्रतियोगितामा सहभागी हुने ६ वटै टोलीले दुई÷दुई विदेशी खेलाडीलाई अनुबन्ध गरी १५ जना खेलाडीको कोटा पूरा गर्नेछन्।

नाम र ‘स्ट्राटेजिक’ खेलाडी परिवर्तन

डीपीएलको तेस्रो संस्करणमा केही टोलीले आफ्नो नाम र स्ट्राटेजिक खेलाडी परिवर्तन गरेका छन्। अघिल्ला संस्करणमा टिम चौराह धनगढीको नाममा प्रतियोगितामा सहभागी धनगढीले यसपटक धनगढी स्टार्सको नामबाट प्रतियोगिता खेल्दै छ। यस्तै आफ्ना कप्तानसमेत रहेका पारस खड्काले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता नखेल्ने भएपछि विराटनगरले आफ्नो स्ट्राटेजिक खेलाडीमा करण केसीलाई लिएको छ। 

यस्तै महेन्द्रनगरले पनि विनोद भण्डारीको स्थानमा शरद भेषावकरलाई स्ट्राटेजिक खेलाडी बनाएको छ। शरदले डीपीएलको गत संस्करण खेलेका थिएनन्। 

यस्तै रूपन्देही च्यालेन्जर्सले आफ्ना नियमित खेलाडी शक्ति गौचनले घरेलु क्रिकेटबाट समेत सन्न्यास लिएपछि उनको स्थानमा वसन्त रेग्मीलाई टोलीका स्ट्राटेजिक खेलाडी बनाएको छ। 

त्यसबाहेक काठमाडौंले ज्ञानेन्द्र मल्ल, धनगढीका सोमपाल कामी र अत्तरियाले दीपेन्द्रसिंह ऐरीलाई आफ्नो स्ट्राटेजिक खेलाडीका रूपमा निरन्तरता दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.