उत्तरगयामा ४५ हजारभन्दा बढीले दिए पिण्डदान
तस्बिर : देवचन्द्र भट्ट
नुवाकोट : पुस कृष्ण औंशीका सन्दर्भमा यस वर्ष गया औंशीको अवसरमा पितृको मुक्तिको कामना गर्दै नुवाकोट र रसुवाको सीमाना रहेको उत्तरगयामा पिण्डदान गर्नेको भिड लागेको छ । उत्तरगया प्रत्येक वर्षको पुस कृष्ण औंशीका दिन आकर्षक मेला लाग्ने गर्छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको उत्तरगयामा यस वर्ष शनिबार गरिएको पिण्डदान कार्यमा ४५ हजार भन्दा बढी सहभागी भएका हुन् । उत्तरगयामा नेपाल तथा भारतका विभिन्न क्षेत्रवाट आएका सवै जात तथा समुदायका सर्वसाधारण पुगेर पिण्डदान गर्ने गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !