पुलिस र सरस्वती बराबरीमा रोकिए

पुलिस र सरस्वती बराबरीमा रोकिए

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै लिगको अन्त्य गरेका छन् । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा शनिबार भएको आफ्नो अन्तिम खेलमा पुलिस र सरस्वतीले १–१ गोलको बराबरी खेले ।

 प्रतिस्पर्धात्मक खेलमा सरस्वतीले ५०औं मिनेटमा पेनाल्टीमार्फत सुरुआती गोल गरेको थियो । सरस्वतीका अफ्रिकी खेलाडी भिक्टोर एमोबीले पेनाल्टीको सदुपयोग गरेका थिए ।

पुलिसका खेलाडीले सरस्वतीका तीर्थ बस्नेतलाई डीबक्सभित्र फल हानेपछि सरस्वतीले पेनाल्टीको मौका पाएको थियो । सरस्वतीको अग्रतापछि जोशिएको पुलिसले तीन मिनेटलगत्तै बराबरी गोल फर्काएको थियो । पुलिसका रवि पासवानले गोल गरेका थिए । रविले नीरकुमार राईको पासमा उत्कृष्ट गोल गरेका थिए । बराबरीसँगै पुलिसको शीर्ष ६ को स्थान जोखिमपूर्ण देखिएको छ । लिगमा सबै १३ खेल सकेको पुलिस १९ अंकसहित तालिकाको छैटौं स्थानमा छ । १४ अंक बनाएको सरस्वती नवौं स्थानमा छ ।

यसैगरी हल्चोकमै भएको अर्को खेलमा च्यासल युथ क्लब र जाउलाखेलले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा जाउलाखेलले १०औं मिनेटमा खाता खोल्यो । जाउलाखेलका अरुज सिंहले गोल गरेका थिए । च्यासलले ३२औं मिनेटमा बराबरी गोल फर्काएको थियो । च्यासलका छिरिङ गुरुङले बराबरी गोल फर्काएका थिए ।

लिगको अन्तिम खेलमा बराबरीमा रोकिएको च्यासल १६ अंक जोड्दै आठौं स्थानमा छ । १३ अंक बनाएको जाउलाखेल १०औं स्थानमा छ । लिगमा विजेता र उपविजेताको टुङ्गो लागिसकेको छ । मनाङ दुई खेलअगावै च्याम्पियन बनेको छ । यस्तै संकटा एक खेलअगाडि उपविजेता बनिसकेको छ । तेस्रो स्थानका लागि थ्रीस्टार र त्रिभुवन आर्मी क्लब दौडमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.