मध्यरातमा महोत्तरीमा डकैती, डाँकामाथि प्रहरीले गोली चलायो

मध्यरातमा महोत्तरीमा डकैती, डाँकामाथि प्रहरीले गोली चलायो

काठमाण्डौं : महोत्तरीको मनराशिषवा नगरपालिका-२ इटहर्वाकट्टीमा डकैती भएको छ। स्थानीय रामसेवक यादवको घरमा १०/१२ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्। उनीहरुले ५ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घरमा डाँका लागेको सूचना पीडितका छिमेकीले फोन गरेर प्रहरीमा जानकारी गराएका थिए। सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय महोत्तरी, स्थानीय प्रहरी चौकी इटहर्वाकट्टीबाट गएको प्रहरी टोली घटनास्थल पुगेका थिए। प्रहरीले अवस्था नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेपछी डाँका समूह भागेका थिए।

‘घरको ढोका तोडेर डाँकाहरु घरमा पसेर लुटपाट गरे,’डीएसपी खड्काले भने,‘डाँका लागेको जानकारी पीडितका छिमेकीले हामीलाई दिए र त्यसपछि हामी घटनास्थल पुग्यौं।’ सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्की, प्रवक्ता एवंम डिएसपी खगेन्द्रबहादुर खड्कासहितका प्रहरीले टोली घटनास्थल पुगेका थिए। प्रहरीले डाँकाहरुको समूहलाई प्रकाउ गर्न सकेको छैन। डाँकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.