तीन चेपाङ बालबालिकालाई १० कक्षासम्म पढाइदिने

तीन चेपाङ बालबालिकालाई १० कक्षासम्म पढाइदिने

गोरखा : सहिद लखन गाउँपालिका- ४ ढाँडेगाउँका तीन अनाथ बालबालिकालाई सरिता गुरुङ फाउण्डेसनले कक्षा १० सम्म पढाइदिने भएको छ। सवारी दुर्घटनामा परी बुवाको मृत्यु भएको र आमाले अन्यत्रै बिबाह गरेपछि अनाथ बनेका मंगल चेपाङ, उनका सात वर्षीया बहिनी र छ वर्षीय भाइलाई पठनपाठनको प्रवन्ध गरिदिने फाउण्डेसनकी प्रमुख कार्यकारी अधिकृत सरिता गुरुङले जानकारी दिइन्।

असहाय तथा अनाथ बालबालिको समस्याको बारेमा केही समयअघि अन्नपूर्णपोष्ट पत्रिकामा समाचार प्रकाशन भएको थियो।समाचार पढेपछि तीनै बालबालिकालाई आफूले सानै भएपनि सहयोग गर्ने इच्छा लागेको उनले बताइन्।

हाल अमेरिकामा रहेर सामाजिक सञ्जालमार्फत समाज सेवामा क्रियाशील उनले अनाथ बालबालिका कक्षा १० पढ्ने बेलासम्म मासिक पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिइन्।

उनले उपलब्ध गराएको चार महिनाको एकमुष्ठ २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। सो रकम स्थानीय रागिनाश आधारभूत विद्यालयकी प्रधानाध्यापक सरला चेपाङले मंगल चेपाङलाई हस्तान्तरण गरेकी हुन्।

सो रकमले कापी, कलमलगायतका स्टेसनरी सामान किन्ने तथा साँझ बिहान खानाका लागि उपयोग गर्ने चेपाङले बताएका छन्। साथै आफू र भाइबहिनीको पठनपाठनमा सहयोग गर्ने दुवै संस्थालाई उनले धन्यवाद दिए।

आफूहरुको सानो सहयोगले तीनजना बालबालिकाको भविष्य निर्माणमा सहयोग पुग्ने गुरुङले विश्वास व्यक्त गरेकी छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.