मकवानपुरमा धान उत्पादन बढ्यो

मकवानपुरमा धान उत्पादन बढ्यो

हेटौंडा : अघिल्लो आर्थिक वर्षको तुलनामा मकवानपुरमा यस वर्ष धान उत्पादन बढेको छ। चालु आर्थिक वर्ष २०७५/०७६ मा ४२ हजार आठ सय ८४ मेट्रिकटन धान उत्पादन भएको प्रदेश-३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो।

यस वर्ष ११ हजार १ सय ८० हेक्टरमा धान लगाइएको थियो। अघिल्लो आर्थिक वर्ष मकवानपुरमा ४१ हजार चार सय मेट्रिकटन उत्पादन भएको थियो। अघिल्लो आर्थिक वर्ष मकवानपुरमा ११ हजार चार सय क्षेत्रफल हेक्टरमा धान लगाइएको प्रदेश मन्त्रालयले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष धान रोप्ने बेलामा उपयुक्त वर्षा हुनुका साथै रासायनिक मल पर्याप्त उपलब्ध भएकाले धान उत्पादन वृद्धि भएको मन्त्रालयकी बाली विकास अधिकृत रचना देवले जानकारी दिइन्। ‘गत वर्ष रोपाईको समयमा लामो समय खडेरी परेका कारण उत्पादन घटेको थियो’ उनले भनिन्,‘यस वर्ष जेठ दोस्रो सातादेखि वर्षा सुरु हुनुका साथै  समयमै कृषकले रासायनिक मल प्राप्त गरेकाले धान उत्पादनमा बृद्धि भएको हो।’

मकवानपुर धानखेतीका लागि पकेट क्षेत्र मानिए पनि जिल्लामा बढ्दो सहरीकरण र जग्गा प्लटिङ, परम्परागत शैलीको खेती प्रणालिका कारण खेतीयोग्य जमिनको तुलनमा धान उत्पादन भने हुन नसकेको देवले दावी छ।

मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये वर्षे धान खेतीको लागि ११ हजार दुई सय हेक्टर जमिन रहेको छ। मकवानपुरको धान खेती हुने जमिन मध्ये ३५ प्रतिशत भागमा मात्र सिंचाइको सुविधा रहेको मन्त्रालयले जनाएको छ।

मकवानपुरमा प्रति हेक्टर तीन दशमलव ५० प्रति मेट्रीक टन धान उत्पादन हुन गरेको छ। मकवानपुरमा धान खेतीको उत्पादकत्व तीन दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

धान उत्पादन समयका आधारमा अगौटे, मध्यमा र पछौटे गरी ३ भागमा विभाजन गरिएको छ। मकवानपुरमा ‘मकवानपुर–१’, ‘हाईब्रीड’, ‘सावित्री’, ‘रामधान’ र माथिल्लो क्षेत्रमा ‘खुमल’, ‘टाईचिङ’ जातको धान खेती हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.