सडक किनारामा खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

सडक किनारामा खेल्दै गरेका  बालकको  टिपरको ठक्करबाट मृत्यु

काठमाडौं: महोत्तरीको सम्सी गाउँपालिका-२ स्थित पर्सादेवाडमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। स्थानीय शेख फलादको ८ वर्षीय छोरा शेक सदानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।

 गौशालाबाट सम्सीतर्फ जाँदै गरेको ना. ७ ख ६४२७ नम्बरको टिपरको ठक्करबाट बालकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घर अगाडीको सडक किनारमा खेल्दै गरेको बालकलाई तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएको थियो। घटनापछि मृतकका आफन्तले सडकमा शव राखी सडक अवरुद्ध गराएका थिए।

डीएसपी खड्काका अनुसार, अहिले आफन्त र प्रहरीको समझदारीमा बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ। ठक्कर दिने टिपर र त्यसका चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.