महाेत्तरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु
पुष २९, २०७५ आइतबार १२:५०:०
काठमाडौं : महोत्तरीको सम्सी गाउँपालिका ३ लक्ष्मिनियाँबैरगियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
स्थानीय ५५ वर्षीय जगदीश ठाकुरको घरमै प्लक जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए।