जहाज खरिदमा जो दोषी ठहरिए पनि कारबाही हुन्छ : महत

जहाज खरिदमा जो दोषी ठहरिए पनि कारबाही हुन्छ : महत

जाजरकोट : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वाइडबडी जहाज खरीदमा भएको अनियमिततामा  संलग्न जोसुकै भएपनि कारवाहीको भागेदार हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पश्चिम रुकुमले मंगलबार चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले सरकारले दोषी उम्काउने कोसिस गरेको' दावी गरेका छन्।

वाइडबडी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम जोडिएको विषयमा पत्रकारको प्रश्नमा महतले भने, 'उहाँ माथि आरोप लागेको छ। छानबिन पछिमात्र यथार्थ कुरा बाहिर आउला। आरोप सत्य हुन्छ भन्ने छैन, दोषी ठहरिए उहाँमाथि पनि कारवाही हुन्छ।'

त्यसअघि सोमबार धनगढीमा भएको कार्यक्रममा देउवाले वाइडबडी प्रकरणमा आफूलाई नियोजित रुपमा बदनाम गर्न खोजिएको गुनासो गरेका थिए।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिदको अनुसन्धान गर्न गठन गरेको उपसमितिको प्रतिवेदनले 'दोषी ठहर्‍याएकाहरूलाई उम्काउने कोसिस (सरकारबाट) भएको' दावी गरे।

‘संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमितिले दोषी ठहर्‍याईसकेपछि सरकारले पुनः अर्को छानबिन समिति गठन गरेर दोषी उम्काउन खोजेको छ। यसले संसदीय सर्वोच्चता र लोकतन्त्रकै खिल्ली उडाएको छ। अनियमिततामा संलग्नलाई कारवाही हुनुपर्छ।’

उनले देशमा अराजकता र भष्टाचार मौलाउदै गएको बताउँदै सरकारले विकास र सुशासन दिन नसकेको आरोप पनि लगाए। 'प्रधानमन्त्री केपी शर्मा ओली सानातिना कुरामा अल्झिएका छन्। प्रधानमन्त्री कार्यालयलाई विभिन्न विभागहरूको अखडा बनाउँदैछन्। यो राम्रो कुरा होइन', महतले भने, 'प्रधानमन्त्रीले समन्वय गर्ने र निर्देशन दिने हो तर उनी हरेक कुरामा आफैं हस्तक्षेप गदैछन्। यसले लोकतन्त्रलाई सुदृढ गदैन।’ 

कतिपय स्थानीय सरकारहरूले मनोमानी कर उठाइरहेको, बजेट खर्च मनोमानी रुपमा गरिरहेको, भष्टाचार बढिरहेको भए पनि संघीय सरकारले नियन्त्रण गर्न नसकेको नेता महतले बताए। देशमा अराजकता बढे पनि सरकारले सुशासन कायम गर्न नसकेको उनको आरोप छ।

केही दिन अघि बजेट कार्यान्वयनको अवस्था बारे प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनमा प्रस्तुत गरेको आर्थिक सूचकांक र नेपाल राष्ट्र बैंकले निकालेको आर्थिक प्रगतिको सूचकांकसँग मेल नखाएको भन्दै उनले 'झुटको खेती नगर्न' सुझाए।

वाइडबडीमा कसरी जोडिए देउवा ?

गृहजिल्ला डडेलधुराको परशुरामधाम धार्मिक मेला उद्घाटन गर्न पुगेका देउवाले सोमबार नेपाल प्रेस युनियन कैलालीले गरेको कार्यक्रममा नेपाल आयल निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले 'आफूलाई पनि मुछेको' बताएका थिए। पढ्नुस् : वाइडबडी प्रकरणमा मलाई नियोजित रुपमा बदनाम गर्न खोजियो : देउवा

'तत्कालीन अवस्थामा मैले प्रधानमन्त्रीसहित १९ वटा मन्त्रालय सम्हालेको थिएँ, देउवाले भनेका थिए, 'कुनै निर्णय नभएको अवस्थामा मलाई फसाउन खोजिएको छ।' आफू प्रधानमन्त्री हुनु अघि नै वाइडबडी जहाज खरिदका बारेमा धेरै निर्णयहरू भइसकेको उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.