खप्तड गोल्डकप : नेपाल पुलिस फाइनलमा

खप्तड गोल्डकप : नेपाल पुलिस फाइनलमा

धनगढी : नेपाल पुलिस क्लब तेस्रो सुदूरपश्चिम अन्तर्राष्ट्रिय खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ‌। निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा क्लब संकटालाई ५–४ गोलले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।

बिहीबार धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तीर्थ रानाको हेडले पोस्टको दिशा लिन सकेन। २७औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो। सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वान भर्सेस वानमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाएका थिए।

दोस्रो हाफमा दुवै टोलीले अपेक्षित रूपमा आक्रमक मुभ बनाउन सकेनन्। संकटा ८०औं मिनेटमा अग्रता लिनबाट चुक्यो। पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पन्च गरेपछि पोजिसनमा नहुँदा सुभाष गुरुङले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। ८५औं मिनेटमा पुलिसका रवि पासवानको क्रसमा नीरकुमार राईको प्रहारलाई गोलरक्षकले सहजै बचाएका थिए।

टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे। पाँचौं प्रहारमा सुभाष गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाएका थिए। पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए। पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे।

पुलिसले उपाधि भिडन्तमा शनिबार थ्रीस्टारको सामना गर्नेछ। प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले १० लाख पाउनेछन्। यसैगरी विधागत रूपमा उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ पाउनेछन्।

मनमोहन स्मृति क्रिकेट प्रतियोगिता

इटहरी : नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश ७ लाई दुई सय रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर तीन सय २३ रन जोडेको थियो। पुलिसका दिलीप नाथले शतक प्रहार गरे।

प्रदेश ७ का विकास आग्रीले तीन विकेट लिए। तीन सय २४ रनको लक्ष्य पछ्याएको ७ प्रदेश ३१.३ ओभरमा एक सय २३ रनमा समेटिएको थियो। पुलिसका सागर ढकाल एक्लैले पाँच विकेट लिए। प्रदेश ७ का लागि विपिन रावल र लोकेश बमले समान २६–२६ रन बनाए। शुक्रबार प्रदेश १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.