अरुण तेस्रोको १५ प्रतिशत काम सकियो

अरुण तेस्रोको १५ प्रतिशत काम सकियो

खाँदबारी : संखुवासभामा निर्माणधीन बहुप्रतिक्षित अरुण तेस्रो जनविद्युत् परियोजनाको काम हालसम्म १५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

अरुण तेस्रो निर्माणको जिम्मा पाएको सतलज कम्पनीले शुक्रबार तुम्लिङटारमा पत्रकार सम्मेलन गरी आयोजनाको ड्याम्साइड, पावरहाउस क्षेत्र र सडक निर्माणको १५ प्रतिशत काम सम्पन्न गरिएको जानकारी दियो । 

कम्पनीका सीईओ सतिसकुमार शर्माले नौ सय मेघावाटको अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । बाँध निर्माणस्थलको मुख्य सुरुङ अन्तर्गतको प्रवेश सुरुङ निर्माणको काम तीन सय ५२ मिटर सम्पन्न भएको उनको भनाइ छ ।

शर्माले अन्य पानीका बहाव मोड्ने सुरुङसहित विभिन्न सुरुङ निर्माणको क्रममा रहेको बताए । अहिलेको प्रगतिअनुसार समयमा काम सम्पन्न गर्न सक्ने अवस्था रहेको शर्माको भनाइ छ । सतलजले विभिन्न कम्पनीलाई छुट्टाछुट्टै ठेक्का दिई आयोजना सञ्चालन गरिरहेको छ । 

समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई हटाई समयमा काम गर्ने कम्पनीलाई काम दिने गरेकाले पनि समयमा सक्ने आयोजनाको दाबी छ । अरुण तेस्रो निर्माण सम्पन्न गर्न स्थानीयको साथ र सहयोगको अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।

आयोजनामा हाल दुई हजार ६५ जना भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । अयोजनामा आवश्यक पर्ने गिटी, बालुवाका लागि बाँध निर्माणस्थलमा क्रसर स्थापना गरी आवश्यक कच्चापदार्थ उत्पादन गर्ने काम भइरहेको शर्माको भनाइ छ । चार सय केभी प्रसारण लाइनको काम चाँडै सञ्चालनमा ल्याउने अयोजनाले जनाएको छ । 

सात जिल्ला हुँदै उत्पादित विद्युत् ढल्केबरसम्म आयोजनाले लैजाने जानकारी गराइएको छ । आयोजनास्थलसम्म जाने सडक निर्माणको काम पनि आयोजनामार्फत भइरहेको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.