३३ किलो सुन काण्ड : विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

३३ किलो सुन काण्ड : विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

काठमाडौं : ३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेल जिम्मेवारीमुक्त भएका छन्। न्यायापरिषद्को सोमबार बसेको बैठकले भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाँजिर गराउने निर्णय गरेको हो।

परिषद् उच्च स्रोतका अनुसार भुर्तेलसहित विराटनगर उच्च अदालतका ६ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी तोकिएको छ। उनलाई वृहद् छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ।

परिषद्ले विराटनगरमा कायममुकायम मुख्य न्यायाधीश तोक्ने गरी हेटौंडा उच्च अदालतका न्‍यायाधीश शिवराज अधिकारीलाई खटाएको छ। परिषद्ले सर्वोच्चका मुख्य रजिस्ट्रार राजन भट्टराईलाई पाटन उच्च अदालतको न्यायधीशमा नियुक्तिका लागि शिफारिस गरेको छ।  

सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तका लागि सिफारिसको गरेको छ।

यसअघि प्रधानन्यायाधीश राणाले उक्त प्रकरणमा निर्णय दिने पाँच जना न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका थिए। सुन तस्करी मुद्दाको सुनुवाइसँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्र लाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषद्मा तानिएको थियो।

यसअघि परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा गठित सूक्ष्म निगरानी एवम् अनुगमन संयन्त्रले सुनकाण्ड सुनुवाइबारे प्रतिवेदन तयार गरेको थियो। त्यसैको आधारमा प्रधानन्यायाधीश राणाले न्यायपरिषद्मार्फत उक्त कदम चालेका हुन्।

यस्तै डा. आनन्दमोहन भट्टराईलाई मलेसियाको भिसा प्रकरणमा पाटन जिल्ला अदालतका गडबडीसम्बन्धी छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.