हुम्लामा भारी हिमपात, हवाई सेवा बन्द

हुम्लामा भारी हिमपात, हवाई सेवा बन्द

सिमकोट : सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हिमपातसहित  हावाहुरीले जिल्लाभरको जनजीवन कष्टकर भएको छ। सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा आवतजावत गर्न समेत समस्या भएको छ। अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन्।

सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ भने सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा तीन फिटसम्म हिउँ जमेको बताइएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ।

निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी,मुचु,खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ,सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ।मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कन समेत समस्या भएको छ।हिमपात भएसँगै चौपाया पनि प्रभावित भएका छन्। चिसो बढ्नुको साथै हावाहुरी चलिरहेको छ।सोमबार रातिदेखि हिउँ निरन्तर परिरहेको छ।

हवाई सेवा बन्द
दुर्गम हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको छ। हवाई सेवा बन्द हुँदा जिल्ला बाहिर जाने वा जिल्ला आउने सर्वसाधरणलाई समेत समस्या भएको छ। हिमपातले दैनिक उपभोग्य सामानको अभाव हुने देखिएको छ।

पढाइ प्रभावित

हिमपात हुँदा एसइइ तयारी गर्न टिउसन लिने विद्यार्थीको बिहानी पढाइ बन्द भएको सन्देश बोहराले बताए। जिल्लामा भारी हिमपात हुँदा टिउसन बन्द गर्नु परेको मानसरोवर माविका शिक्षाक धन बहदुर ऐडिले बताए। यसअघि हिमपात हुँदा टिउसन संचालन गरेपनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हावाहुरीले पढाउन नसकिएको शिक्षक ऐडिले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.