तालिबानी हमलामा ६५ जना मारिए
काबुल : अफगानिस्तानमा तालिबानी हतियारधारी समूहको हमलामा मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ । सोमबारको हमलामा १२ जना मारिएको समाचार आएको थियो ।
मंगलबार भने मृत्यु हुनेको संख्या ६५ जना पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार वार्दक प्रान्तस्थित मैदान शहर सोमबार भएको हमलाको जिम्मेवारी तालिबानी समूहले लिएको हो । सोमबार यहाँको सुरक्षा फौज क्याम्प तथा प्रहरी तालिम केन्द्रलाई लक्षित गर्दै यहाँ आत्मघाती हमला भएको हो ।
पछिल्लो समय अफगानिस्तानमा तालिबानी हतियारधारी समूहसँग वार्ताको लागि पहल भएको बताइए पनि सफल हुन सकेको छैन ।