सांसद्‍ दवाडीको तलब भत्ता समाजसेवामा

सांसद्‍ दवाडीको तलब भत्ता समाजसेवामा

गोरखा : काठमाडौंमा घर भएका सांसद्‍ले राज्यकोषबाट घरभाडा लिएको भनेर आलोचना भइरहेका बेला गोरखाका एक सांसद्‍ले भने दलबभत्ता सबै समाजसेवामा खर्च गरेको जानकारी दिएका छन्। 

गोरखा क्षेत्र नम्बर २ को खबाट निर्वाचित गण्डकी प्रदेशका सांसद्‍ प्रकाशचन्द्र दवाडीले सांसद्‍ भएबापत सरकारले उपलब्ध गराएको सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको बताएका हुन्।

दवाडीले बुधबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी अहिलेसम्म प्राप्त सातलाख ३० हजार ३१५ रुपैयाँ निर्वाचन क्षेत्रको सामाजिक काममा लगाएको जानकारी दिए। 

‘गतवर्षको माघ नौ गते अर्थात् आजकै दिनमा सांसद्‍ शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गरेको छु’, उनले भने, ‘पाएको तलबभत्तामा चारलाख ९० हजार रुपैंया थपेर १२ लाख २१ हजार २२० रुपैयाँ समेत सामाजिक काममा खर्च गरेको छु।’ 

तलबभत्ताबापतको रकम महिला समूहको भवन निर्माण, मोटरबाटो निर्माण, एम्बुलेन्स खरिद, विद्यालय भवन निर्माणका लागि खर्च गरेको जानकारी उनले दिए। त्यस्तै तीन वटा विद्यालयलाई विद्यालय सञ्चालन खर्चबापत आफूले पाउने तलब भत्ता रकम प्रदान गरेको उनले सो अवसरमा जानकारी दिए।

सांसद्‍ दवाडीले आगामी दिनमा पनि सांसद्‍ भएबापत पाउने सुविधा र आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँचदेखि १० प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताएका छन्।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.