के हुँदैछ प्रतिनिधि सभा बैठकमा ?(लाइभ )
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेश गर्ने कार्यसूची छ।
यसैगरी मन्त्री गौतमले बैठकमा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेश गर्ने तथा लोक सेवा आयोगको छैयसट्टीऔं वार्षिक प्रतिवेदन (२०८१ श्रावण/२०८२ आषाढ) पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
यस्तै बैठकमा अन्य विभिन्न विधेयक तथा प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !