सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजिरहेको छ : विपक्षी दल
काठमाडौं : बिपक्षी दलका सांसदहरुले राज्य संरक्षित व्यक्तिहरुले बिभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधान राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारवाहीको माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनीहरुले सवारी साधान राखेर त्रास सिर्जना गर्न खोज्नेहरुलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएकोप्रति आपत्ति समेत जनाएका छन् ।
बैठकमा कांग्रेस सचेतक निश्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको आरोप लगाए । उनले होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेस्र्याउने प्रकरणमा राज्यको संलग्नता रहेको उल्लेख गरे । उनले सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजेको बताए ।
त्यस्तै नेकपाका सांसद रमेश मल्लले सञ्चारमाध्यम अगाडि सवारी साधन राखेर त्रास फैलाउनेलाई कडा कारवाही गर्न माग गरे । उनले राज्य संरक्षित केही व्यक्तिबाट उक्त गतिविधि भएको आरोप लगाउँदै सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने स्पष्ट पारे । बिपक्षी दलका सांसदहरुले सवारी साधान पार्किङ घटनामा राज्यको संलग्नता भएको आरोप लगाएपछि रास्वपाका केहि सांसदहरुले नियमापति गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !