सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न -सिट बेल्ट नबाँधी गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न -सिट बेल्ट नबाँधी गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले ट्राफिक नियम कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारबाही हुने भए पनि सिट बेल्ट नबाँधी गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीमाथि किन कारबाही नहुने भन्दै प्रश्न गरे। ‘ट्राफिक नियम उल्लङ्घन गर्दा  सर्वसाधारण नागरिकलाई  कारबाही हुन्छ भने सिट बेल्ट नबाँधेर गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ? कानुन सबैका लागि समान हुनुपर्छ,’उनले भने।

शाहीले आफ्नो दलले सडकमा जथाभावी पार्किङ गर्नुपर्छ वा ट्राफिक नियम उल्लङ्घन गर्नुपर्छ भनेर कहिल्यै नभनेको बताउँदै त्यसविपरीत भ्रम फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाए। ‘यदि कसैसँग हिम्मत छ भने संसद्को रेकर्ड हेरे हुन्छ। हामीले कहिल्यै जथाभावी पार्किङ गर्नुपर्छ भनेका छैनौँ,’ उनले भने,‘यस्ता भ्रम फैलाएर मानिसको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस्।’

उनले प्रहरीको रुखो,अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै पनि नागरिक आत्महत्याजस्तो कदम चाल्न बाध्य नहोस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै कानुनको समान कार्यान्वयनमा जोड दिए।

शाहीले ‘मानिसको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए,आज पनि हत्यारा नै हुन्’ भन्दै नागरिकको जीवन र सम्मानको रक्षा राज्यको प्रमुख दायित्व भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.