प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेश गर्ने कार्यसूची छ।
यसैगरी मन्त्री गौतमले बैठकमा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेश गर्ने तथा लोक सेवा आयोगको छैयसट्टीऔं वार्षिक प्रतिवेदन (२०८१ श्रावण/२०८२ आषाढ)
पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
यस्तै बैठकमा अन्य विभिन्न विधेयक तथा प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस !