सिमरा गोल्डकप : थ्रिस्टार र शेर्पा आज भिड्दै

सिमरा गोल्डकप : थ्रिस्टार र शेर्पा आज भिड्दै

सिमरा : बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार थ्रिस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ। सिमरा रंगशालामा दिउँसो हुने दोस्रो सेमिफाइनल खेलमा शेर्पाले थ्रिस्टारको सामना गर्न लागेको हो। शेर्पा र थ्रिस्टारबीचको बिजेताले उपाधीका लागि त्रिभुवन आर्मी क्लबसँग शनिबार भिड्नेछ।

आयोजक नव जनजागृति युवा क्लबलाई पहिलो सेमिफाइनल खेलमा १-० ले पराजित गर्दै आर्मी प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको हो।आर्मी सिमरा गोल्डकपको डिफेण्डिङ च्याम्पीयन हो। 

विभागीय टीम नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै शेर्पाले प्रतियोगितामा उत्कृष्ट दावेदारी प्रस्तुत गरेको छ। खप्तड गोल्डकपको उपाधी उचालेर सिमरा आएको पुलिसमाथि दोस्रो विशाल मेमोरियल गोल्डकपमा आर्मीसँग पराजित हुँदै उपविजेता बनेको शेर्पाले २-० को जीत निकालेको थियो। 

यता आठौं संस्करणको विजेता संकटालाई २-० ले पराजित गर्दै थ्रिस्टारले सेमिफाइनलको यात्रा तय गरेको हो। ए डिभिजन दुई टिमको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।  माघ ३ गतेबाट सञ्चालन भएको प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्नेछ। प्रतियोगितामा ए डिभिजनका सात र मोसफलका तीन गरी १० टिमको सहभागिता थियो।


थ्रीस्टर क्लबका खेलाडी। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.