मनसा सिमेन्टका व्यवस्थापक भारतीय नागरिकको हत्या
झापा : मनसा सिमेन्ट उद्योगका व्यवस्थापक भारतीय नागरिक कमलसिंह दुगडको हत्या भएको छ। शनिबार विहान भद्रपुर-९ स्थित आफ्नै क्वाटर उनको मृत शरीर भेटिएको हो।
हातखुट्टा बाँधेर मुखमा सिरानी कोचिएको अवस्थामा सिंहको शव भेटिएको झापा जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार सिंह आज पारिवारिक भेटको लागि भारतको आन्द्रा प्रदेशस्थित आफ्नो घर जाने तयारीमा थिए।
प्रहरीले धरानबाट सर्च डग ल्याएर घटनाको अनुसन्धानको तयारी गरेको एसपी ढकालले बताए। सिंहलाई शुक्रबार ९ बजेसम्म स्थानीयले जिवित नै देखेकाले उक्त घटना त्यसपछि भएको अनुमान प्रहरीले लगाएको छ।
प्रतिक्रिया दिनुहोस !