‘हिम्मत भए प्रदेशको बोर्ड हटाएर देखाउनुहोस्’

‘हिम्मत भए प्रदेशको बोर्ड हटाएर देखाउनुहोस्’

जनकपुरधाम : जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पत्ति बिक्री गर्ने खेलमा संघीय सरकार लागेकोे प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दावी गरेका छन्। चुरोट कारखाना निजि लगानी कर्तालाई लिजमा दिने दाउमा लागेको मन्त्री यादवले आरोप लगाएका छन्।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइतबार प्रदेश २ सरकारले कारखानाको संरचना र जग्गा कब्जा गरेर बसेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको आलोचना गरेका थिए। ‘सीडीओमार्फत संघीय सरकारले जनकपुर चुरोट कारखाना हस्तान्तरण गरेकाले हामीले कब्जा गरेका हौं’, मामिला तथा कानुनमन्त्री यादवले भने, ‘हिम्मत छ भने प्रदेश सरकारको बोर्ड हटाएर देखाउनुहोस्। हामीसँग प्रदेश २ का जनता छन्।’

चुरोट कारखानाको सम्पति संघीय सरकारले नीजीलाई विक्री गर्ने प्रयास गरेको दावी गर्दै कानुन मन्त्रि यादव कुनै पनि हातलमा त्यस्तो हुन नदिने बताए। जनकपुर चुरोट कारखाना सञ्चालन भएको स्थानमा अव पून चलाउन नमिल्ने उनले जनाए। ‘कारखाना वरिपरि घना बस्ती भइसक्यो। अब यहाँ उद्योग सञ्चालन भए मानव स्वास्थ्यमा असर पर्छ। यसको जिम्मेबार कसले लिन्छ’, उनले भने, ‘मानव बस्तीभन्दा टाढा यस्तो उद्योग सञ्चालन गर्नु पर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.