जनकपुरमा सुरक्षित कार्यक्षेत्रकाे माग गर्दै नर्सले मनाए नर्सिङ दिवस

जनकपुरमा सुरक्षित कार्यक्षेत्रकाे माग गर्दै  नर्सले मनाए नर्सिङ दिवस

जनकपुरधाम : जनकपुरका नर्सले कार्यक्षेत्र सुरक्षित बनाउन सरकारसमक्ष माग गरेका छन्। नर्सिङ्ग दिवसका अवसरमा नर्सले कार्यस्थल असुरक्षित भएकोले   काम गर्न असहज भएको भन्दै सुरक्षित कार्यक्षेत्रको माग गरेका हुन्।

उनीहरुले हातहातमा प्लेकार्ड लिएर जनकपुर नगर परिक्रमा गर्दै आफ्ना माग प्रस्तुत गरेका छन्। नगर परिक्रमा पश्चात जानकी मन्दिरमा कोण सभा गरेका छन्। स्वास्थ्य संस्थामा कार्यरत्त नर्स तथा नर्सिङ्ग पढिरहेका विद्यार्थीले सुरक्षित कार्य क्षेत्र भए मात्र नर्सिङ्ग सेवा गुणस्तरीय बन्ने बताए।

कोणसभालाई सम्बोधन गर्दै संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुरेन्द्र यादवले भरपर्दो स्वास्थ्य सेवाका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा प्रमुख चुनौति रहेको बताए। 

वर्षौअघि डेढ करोड जनसंख्याको आधारमा देशभर खोलिएका स्वास्थ्य संस्था र त्यसमा राखिएका गरिएको दरवन्दी ३ करोड जनसंख्या पुग्दा पनि उही रहेको राज्य मन्त्री बताए। 

‘देशमा डेढ करोड जनशक्ति भएकै बेलाको भौतिक संरचना र स्वास्थ्यकर्मी आज तीन करोडभन्दा बढी जनसंख्या पुग्दा पनि छन्। यसले गर्दा सहज स्वास्थ्य सुविधा पाउन सकिँदैन।’ उनले भने।

‘हामीलाई अहिले ४० हजार स्वास्थ्यकर्मी तुरुन्त चाहिएको छ, १०९ पालिकामा मात्रै अस्पताल छन्। १०९ पालिकामा अझै अस्पताल पहुँच छैन,’ राज्यमन्त्री यादवले भने, ‘हामीले ३५ वटा जिल्लामा रहेको अस्पताललाई ७७ वटै जिल्लामा पुर्या‍एका छौं, अबको ५ वर्षभित्रमा देशको ७५३ वटै स्थानीय तहमा अस्पताल पुर्या‍उँछौं।’

हाल देशैभरिका अस्पतालमा साढे सात हजार बेड मात्रै रहेकोले भरपर्दो स्वास्थ्य सेवा जनताले प्राप्त गर्न नसकेको उनले बताए। ‘हामीलाई तुरुन्तै देशभरिका अस्पतालमा ३० हजार बेड चाहिएको छ, ’ उनले भने, ‘अबको पाँच वर्षभित्रमा कोही पनि सिएमए, एचए, नर्स, अनमी, डाक्टर बेरोजगार बस्नु पर्दैन।’ 


 
प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नर्स स्वास्थ्य सेवाको प्राण रहेको बताए। उनले भने, ‘नर्सको प्रभावकारी सेवाले देशमा बालमृत्युदर, गर्भवती मृत्युदर घटेको छ।’प्रदेश सरकारले नर्सिङ्गक्षेत्रमा सेवा दिने नर्सलाई सुरक्षा दिने ग्यारेन्टी गरेकाे मन्त्री साहले बताए।  

प्रदेशभरिका सबै विद्यालयमा एक–एकवटा नर्स तुरुन्त व्यवस्थाप गर्न लागिएको उनको भनाई छ। ‘विद्यालयमा पढ्ने बच्चाहरुको स्वास्थ्य अब नर्स दिदीहरुले जाँच्ने छन्,’ उनले भने हामीलाई तुरुन्त ४ सय नर्सको आवश्यकता परकोे छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.