कतै बिदा, कतै खुला

कतै बिदा, कतै खुला

काठमाडौं : सहिद दिवसका अवसरमा प्रदेश ३ ले घोषणा गरेको सार्वजनिक बिदामा कुनै कार्यालय खुले र कुनै कार्यालय बन्द रहे। यसले सर्वासाधारण अन्योलमा परे।

प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय बुधबार पूर्ण रूपमा बन्द भए। तर उपत्यकाका निजी उद्योग, बैंक तथा कलकारखानामा भने बिदा भएन। सरकारी विद्यालयले बिदा दिए पनि निजी विद्यालय केही मात्र बन्द भए। राष्ट्र बैंकको नियमअनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको बिदामा बैंक बन्द नहुने बैंकर्स एसोसिएसनले बताएको छ। राष्ट्र बैंक संघ सरकार मातहत छ।

बैंक खुले, विद्यालय भने आंशिक मात्र सञ्चालनमा आए।

राष्ट्र बैंकले बिदा दिए मात्र निजी बैंक बन्द हुने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगनाले जानकारी दिए। प्रदेश सरकारले घोषणा गरेको बिदाले अन्योल सिर्जना भएकाले केही विद्यालय खुलेको र केही बन्द भएको निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका अध्यक्ष विजय साम्बाहम्फेले बताए। आकस्मिक रूपमा प्रदेश सरकारले बिदा घोषणा गरेकाले अन्योल सिर्जना भएको उनको भनाइ छ। त्यसैले निजी विद्यालय आंशिक रूपमा बन्द भएको उनले बताए।

सहिद दिवस राष्ट्रिय महत्त्वको विषय भएकाले बिदा दिइएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए। ‘बिदा कसले कार्यान्वयन गर्‍यो/गरेन बिस्तारै थाहा हुँदै जान्छ’, उनले भने, प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, निजी विद्यालय एवं कलकारखानासमेत बन्द नै भए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.