प्रतिनिधिसभा बैठकमा ४ वटा विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठकमा ४ वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौं : बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा ४ वटा विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ। बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन,सुपरिवेक्षण र समन्वय) विधेयक २०७५, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन,विधेयक२०७५) , भूउपयोग विधेयक २०७५ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५  प्रस्तुत हुने कार्यसूची रहेको संघीय संसदको महासचिव मनोरप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन सुपरिवेक्षण र समन्वय) विधेयक २०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  गृहमन्त्री थापाले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन सुपरिवेक्षण र समन्वय) विधेयकमाथि सांसद प्रेम सुवालले विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। 

यस्तै आजको बैठकमा विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन,विधेयक२०७५) पनि प्रस्तुत हुने कार्यसूची रहेको छ। विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेपछि विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यस्तै बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले भूउपयोग विधेयक २०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.