केसीको समर्थनमा राजधानीमा विरोध प्रदर्शन

केसीको समर्थनमा राजधानीमा विरोध प्रदर्शन

काठमाडौं : डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विरोध प्रदर्शन गरिएको छ। लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आवद्धहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित अनसनरत् केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार राजधानीमा प्रदर्शन गरेका हुन्।

केसीको मागमा ऐक्यबद्धतासहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महंगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित भएर प्रदर्शनी गरिएको हो।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको नेतृत्वमा भएको विरोध प्रर्दशनमा एक दर्जन जति पेशगत संगठनको सहभागीता छ। नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहेको जानकारी दिए।  

प्रदर्शनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सूर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनासहित सहभागी छन्।उनीहरुले अनसनरत् केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.