अनसन तोड्न डा. केसीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

अनसन तोड्न डा. केसीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादव अनसनरत डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगेका छन् । डा. केसीको स्वास्थ्य अवस्था बुझ्न यादव टिचिङ  अस्पताल पुगेका हुन् ।

केसीसँग भेटको क्रममा यादवले अनसन तोड्न आग्रह गरेका छन्। तर उनको सत्याग्रह असल कामको लागि भएको भन्दै यसलाई जारी राख्न आग्रह गरे ।

यादवको साथमा उनका निकटस्थ र डा. केसीका समर्थक समेत छन् । भेटको क्रममा यादवले डा. केसीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् । केसी भने राम्ररी संवाद गर्न सक्ने अवस्थामा छैनन् ।

१६ औं अनसनमा रहेका डा. केसीको २४ औं दिनमा डा. यादव भेट्न पुगेका हुन् । अघिल्लो दिन केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठलगायत पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.