प्रेमीसँग मिलेर श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमानको हत्या

धनकुटा : तीन महिनाअघि हिलेमा सञ्चालित मिनी मेलामा इटहरी–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको श्रीमती सुनसरीको इटहरी–१५ वस्ने २९ बर्षीय प्रिया चौधरी र उनका प्रेमी भनिएका सुनसरीको बराह क्षेत्र नपा–५ कालाबन्जरका ३१ बर्षीय सबिन राईलाई सार्वजनिक गरेको हो । 

उक्त घटनामा आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । चौधरी र राईवीच प्रेम सम्वन्ध भएपछि घटना भएको ५ महिना अघिदेखि योजना बनाएर चौधरीको हत्या भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ । 

चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमानको हत्या गर्न राईलाई उक्साएको एसपी गुरुङले बताए । चौधरीको दुई र सवारी चालक रहेका राईका एक सन्तान छन् । गत कात्तिक १६ गते हिलमा सञ्चालित मिनि मेलामा कर्मचारीको रुपमा कार्यरत ३८ बर्षका चौधरीको मेलाभित्र सुत्ने पालामा धारिलो हतियारले घाँटी, छाती र हातको औला समेतमा काटी मेलाभित्रै सकटे छेउमा मृत  अवस्थामा फेला परेको थियो । घटनाप्रश्चात अनुसन्धानमा १ नं. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (आरआइटी) र जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली खटेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.