हिउँमाथि फेरुवा बिच्छ्याएर सडक सुचारु

हिउँमाथि फेरुवा बिच्छ्याएर सडक सुचारु

सिमकोट : जिल्लाको घरेलु कार्पेटकारुपमा प्रयोग गर्दै आएको फेरुवा बिच्छ्याएर २ सातादेखि अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ । हुम्ला सदरमुकामदेखि ११ किलोमिटर कच्ची सडकमा हिउँ र बफर जमेर अवरुद्ध भएपछि सडकमा फेरुवा बिच्छ्याएर सञ्चालनमा ल्याइएको हो।

गएको माघ ७ गते रातिबाट परेकोे भारी हिमपातले २ सातादेखि  अवरुद्ध सिमकोट–खार्पु सडक स्थानीय बाख्राको रौंबाट बनेको फेरुवा बिछ्याएर सञ्चालनमा आएको हो।  यातायात अवरुद्ध हुँदा गाउँबाट सदरमुकामसम्म बिरामी लानका साथ अत्यावश्यक काममा जान समेत समस्या भएपछि फेरुवा बिछ्याएरै भएपनि गाडी चलाएको खार्पुनाथ यातायात प्रा.लि.का अध्यक्ष  सरोज रावतले बताए। 

गएको दुई सातादेखि लगातार हिमपातले जमेको २ फिट बाक्लो हिउँले गाडी गुड्न सकिरहेको थिएन। ‘सदरमुकाम सिमकोट आउने र गाउँमा जानेलाई निकै सास्ती भयो, खार्पुनाथ यातायात प्रा.लि.का हुम्लाका सञ्चालक लोकजंग शाहीले भने, “सिमकोटको बाटोमा हामीले फेरुवा बिछ्याएर गाडी गुडाउन सफल भयौ त्यसपछि स्याम्नेसम्मको बाटोमा भएको हिउँ र बरफ पन्छाएर गाडी गुडाउने काम गरेका हौं।’ 

आइतबार साँझदेखि सिमकोट खार्पु खडक खण्डमा गाडी गुडेपछि आवतजावतमा स्थानीयलाई राहत मिलेको छ। राष्ट्रिय सडक सञ्जालमा जेडिएको हुम्लामा एक वर्षदेखि सदरमुकाम सिमकोटदेखि खार्पूनाथ गाउँपालिकाको खार्पुसम्मको ११ किलोमिटर कच्ची बाटोमा गाडी गुडिरहेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.