खुल्ला मिनी म्याराथनको उपाधि तीर्थ र कान्छिमायालाई

खुल्ला मिनी म्याराथनको उपाधि तीर्थ र कान्छिमायालाई

दमक : झापाको दमकमा दमक रनले आयोजना गरेको मिनी म्याराथनको उपाधि तीर्थ पुन र कान्छीमायाले जितेका छन्। शनिबार दमक रन समूहले आफनो तेश्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मिनी म्याराथनको खुल्ला १५ किलोमिटरको पुरुषतर्फ इण्डियन आर्मीका तीर्थ पुनः प्रथम भए। 

उनले निर्धारित दुरी ४६.०१ मिनेटमा पार गर्दै नगद ५० हजार नगद पुरस्कार हात पारे। त्यस्तै दोस्रो र तेस्रो नेपाल आर्मीका मिलन कार्की र टीका कटवाल भए। मिलनले ४६.३४ मिनेटमा दुरी पार गर्दै नगद ३० हजार हात पारे। आर्मीकै कटवाल ४६.४० मिनेटमा दुरी पार गर्दै नगद २० हजार जित्न सफल भए।
 

महिलातर्फ एपीएफकी कान्छिमाया कोजु प्रथम भइन्। उनले निर्धारित दुरी ५६.०२ मिनेटमा पार गर्दै नगद ४० हजार रुपैयाँ जितिन्। धरानकी निक्की नेम्बाङ दोस्रो भइन्। उनले १ घण्टा ८ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै  नगद २५ हजार प्राप्त गरिन्। नेपाल आर्मीकी सुमित्रा क्षेत्री तेस्रो भइन्। 
उनले निर्धारित दुरी १ घण्टा १० मिनेट ४६ सेकेण्डमा पार गर्दै नगद १५ हजार हात पारिन्। 

त्यस्तै १३ देखि १६ वर्ष उमेर समूहमा खुल्ला १५ किलोमिटरको पुरुषतर्फ किरण लिम्बु प्रथम, सागर श्रेष्ठ द्वितीय र पुजन राई तृतीय भए। उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार प्राप्त गरे। महिलातर्फ चन्द्रकला श्रेष्ठ प्रथम, मनिषा राई द्वितीय र आँचल मुर्मु तृतीय भए। उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार र पाँच हजार प्राप्त गरे। 

त्यस्तै ७ देखि १२ वर्ष उमेर समूह अन्र्तगत ५ किलोमिटरको दौडमा पुरुषतर्फ रोदन राई प्रथम, युवराज लिम्बु द्वितीय र समीर लिम्बु तृतीय भए। उनीहरुले क्रमश: सात हजार , पाँच हजार र तीन हजार नगद प्राप्त गरे। 

त्यस्तै महिलातर्फ सन्ध्या तामाङ प्रथम, लक्ष्मी भुजेल द्वितीय र अनिशा राजवंशी तृतीय भए। उनीहरुले सात हजार, पाँच हजार र तीन हजार नगद प्राप्त गरे। १५ किलोमिटर भेट्रानको पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र महेन्द्र बज्रचार्य प्रथम द्वितीय र तृतीय   भए। महिलातर्फ भने रिता राई प्रथम भइन्। भेट्रान तर्फको एक्ली प्रतिष्पर्धी मात्र रहेकी उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट १५ सेकेण्डमा पूरा गर्दै नगद सात हजार जित्न सफल भइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.