बोल्दाबोल्दै बेहोस भएका गाउँपालिका अध्यक्ष नेम्बाङको अवस्था गम्भीर

बोल्दाबोल्दै बेहोस भएका गाउँपालिका अध्यक्ष नेम्बाङको अवस्था गम्भीर

फिदिम : मन्तब्य राख्ने क्रममा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको अवस्था गम्भीर भएको छ।

फाल्गुन्नद गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारबाट इलाम पुर्‍याइएका नेम्बाङको अवस्था गम्भीर रहेको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए।

इलामबाट सिधै काठमाडौं लैजाने तयारी भइरहेको पनि उनले बताए। शनिवार नियमित गाउँपालिकाको काम सुरु गरेका अध्यक्ष नेम्बाङ वडाले आयोजना गरेको क्षमता विकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरे पछि बेहोस बनेका थिए। उपचारका लागि इलाम अस्पता पुर्‍याउदा उनको अवस्था थप गम्भीर बनेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.