'एचआईभी सफलता शिक्षा सदन' पहिचानसहितको विश्वकै पहिलो स्कुल

'एचआईभी सफलता शिक्षा सदन' पहिचानसहितको विश्वकै पहिलो स्कुल

काठमाडौः आठ वर्षदेखि कीर्तिपुरको भत्केपाटीमा सञ्चालित एचआईभी स्कुल विश्वको पहिलो पहिचानसहितको स्कुलको रुपमा प्रमाणित भएको छ  । लन्डनमा 'वर्ल्ड बुक अफ द रेकर्डस्' संस्थाको सर्वेक्षणका आधारमा 'एचआईभी सफलता शिक्षा सदन' एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो । 

२०६८ सालमा स्थापित यस विद्यालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र दिएका हुन् ।'सफलता' नाम भएको पहिचानसहितको यो विद्यालयले आफनो उद्धेश्य अनुसार मर्यादित र स्वस्थ्य नागरिक बनाउन लागीपरेको भन्दै प्रमले बधाई दिएका छन् । 

'बेबी लाईफ होम' का रुपमा ०६७ सालमा स्थापित यस संस्थाले पश्चिम नेपालका दाङ, बैतडी, कैलाली, सल्यान, दैलेख, सुर्खेत, रोल्पा र कञ्चनपुरबाट एचआईभी संक्रमित बालबालिकाको उद्दार गरेर ल्याएको थियो । 

संस्थाका अध्यक्ष राजकुमार पुन र उमा गुरुङले बालबालिकाकालाई पढाउन विभिन्न स्कुलमा चहार्दा भर्ना लिन नमानेपछि आफैँले यो स्कुल खोल्नु परेको अनुभव सुनाए । हाल यस विद्यालयमा २२ जना संक्रमित बालबालिका र एकजना सामान्य बालक अध्ययनरत छन् । 

पहिचानसहितको विद्यालय स्थापना गर्न निकै सकस परेपनि बालबालिकाको उज्वल भविष्यका लागि चुनौती सहेर अघि बढेको पुनले बताए । 

सुरुमा सरकारले पनि अनुमति दिन आनाकानी गरेको थियो । तर बिस्तारै कक्षा बिस्तार गरिँदै लगेको उनले बताए । 'दर्ता गरेरै एचआईभी पहिचानसहितको विद्यालय खोलेका हौँ', पुनले भने । 

अफ्रिकन मुलुकहरुमा पनि एचआईभी स्कुलहरु सञ्चालित छन् तर कतै दर्ता गरिएको छैन ।संस्थाका अध्यक्ष सागर कटुवालले यसका लागि नेपालबाट सम्पूर्ण प्रक्रिया मिलाएका थिए । 

छनौट समितिमा लण्डनका एकजना सांसद थिए । जसले यो विद्यालयको संसारको पहिलो भएको प्रमाणित गरेका हुन् । 

सञ्चालन अनुमतिका लागि निकै संघर्ष गरेको विद्यालयले हाल दश कक्षासम्मको पढाई सुरु गरेको छ । २३ जना बालबालिकामध्ये प्रकाश, उर्मिला र मञ्जु १० कक्षामा पुगिसकेका छन् । उनीहरु बुझ्ने भइसकेकाले आफ्नो पहिचान खोज्न थालेका छन्  ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.