छुट्टाछुट्टै दुर्घटनामा तीन गम्भीर, एकलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

छुट्टाछुट्टै दुर्घटनामा तीन गम्भीर, एकलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सिन्धुली : सिन्धुली र महोत्तरीको बर्दीवासमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा बुधबार तीनजना गम्भीर घाइते भएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका-६ राममाढीमा पढ्न हिँडेका विद्यार्थीलाई तीव्रगतिमा रहेको बोलेरोले ठक्‍कर दिँदा दुई छात्रा गम्भीर घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। यस्तै बुधबारनै महोत्तरीको बर्दीवासमा टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

रातमाटाबाट सिन्धुली बहुमुखी क्याम्पस पढ्न पैदल हिँडेका गोलन्जोर गाउँपालिका-३ सिन्धुलीकी १७वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका-११ सिन्धुलीकै १८ वर्षीया मोनिका थापालाई बा३च ६७५१ नम्बरको बोलेरोले ठक्‍कर दिएको थियो। 

उनीहरुलाई सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काभ्रेको धुलीखेल पठाइएको छ।  थापा र कार्की बहुमुखी क्याम्पस सिन्धुलीमा विएड प्रथम वर्षका विद्यार्थी हुन्। विद्यार्थीलाई ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सिन्धुली प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए।

यस्तै, महोत्तरीको बर्दीवास नगरपालिकास्थित बर्दीवास चोकमा तीव्र गतीमा रहेको टिपरले मोटर साइकल रोकेर बसेका बर्दीवास नगरपालिका-११ खयरमाराका ३५वर्षीय सुमन थापालाई ठक्‍कर दिँदा गम्भीर घाइते भएका छन्।
 
ना३च ७३५१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाएको सिन्धुली प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए।उनको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि श्रीयरलाइन्सको हेलीकप्टरमार्फत काठमाडौं पठाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.