संघीय योजना आयोग गठनको तयारी

संघीय योजना आयोग गठनको तयारी

काठमाडौं : सरकारले संघीय योजना आयोग गठन गर्ने तयारी गरेको छ । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारको कार्यक्षेत्र समेट्ने गरी यसको अवधारणा तयार गरिएको छ । सरकारले राष्ट्रिय योजना आयोगको कार्यक्षेत्र संघीयता सान्दर्भिक नभएको निष्कर्ष निकालेको छ । कानुुनअनुुसार योजना आयोगको कार्यक्षेत्र खुुम्चिएको भन्दै यसलाई संघीय ढाँचाअनुुसार विस्तार गर्नुुपर्ने सार्वजनिक खर्च पुुनरवलोकन आयोगले सुुझाव दिएको छ ।

गठन योजना आदेशअनुुसार आयोगको गठन अस्थायी प्रकृतिको भएको सार्वजनिक खर्च पुुनरवलोकन आयोगले जानकारी दिएको छ । यसलाई संघीयता सन्दर्भिक बनाउन विषय विशेषज्ञतालाई ध्यानमा राखी सुुदृढ बनाउनुुपर्ने आयोगको सुुझाव छ । नयाँ संरचनाअनुुसार संघीय योजना आयोग बनाइ सबै तहका सरकारको साझा विकास एवं परियोजना प्राथमिकीकरणको वृहत् आर्थिक एवम् वित्त स्थायित्व ल्याउन र बजेट सीमा निर्धारण गर्ने यसलाई सल्लाहकारका रूपमा विकास गर्ने किसिमको बनाउनुुपर्ने सुुझाव छ । पुुँजी निर्माणमा सार्वजनिक लगानीको प्राथमिकीकरण समेत आयोगको जिम्मेवारी हुुनेछ । साथै, बजेटसम्म परियोजना प्रविष्ट गर्ने यसको भूमिका रहनेछ । परियोजना बैंक तयार गर्न र पुुँजी निर्माणमा सार्वजनिक लगानीको अनुुगमन र मूल्यांकन गर्ने काम संघीय योजना आयोगको रहनेछ ।

हालको राष्ट्रिय योजना आयोगले सबै तहको सरकारको आर्थिक समाजिक विकासको साझा संस्थाका रूपमा काम गर्नुुपर्ने हुुन्छ । विकास कार्यक्रम वा परियोजना दोहोरिने अवस्था हटाउनुुपर्ने हुुन्छ । संघीय आयोग विषय विशेषज्ञ र प्रदेशको प्रतिनिधित्व हुुने गरी चयन गर्नुुपर्ने आयोगले बताएको छ । सबै प्रकारको योजना बनाउँदा २५÷३० वर्षसम्मको सोच र रणनीतिक चिन्तनबाट प्रेरित हुुनुुपर्ने भन्दै प्रस्तावित आयोगलाई बढी सक्षम बनाउनुुपर्ने आयोगको प्रस्ताव छ । प्रस्तावित आयोगलाई सबै तहको बजेटको सीमा तोक्नेसम्मको अधिकार दिनुुपर्ने आयोगको सुुझाव छ ।

संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारको कार्यक्षेत्र समेट्ने गरी यसको अवधारणा तयार गरिएको छ ।

 

संस्था समायाेजन

संस्था समायोजन आयोगले सार्वजनिक खर्च व्यवस्थापन गर्न संस्थागत सुुधारका लागि समान प्रकृतिका संस्था समायोजन गर्न सुुझाव दिएको छ । यसोगर्दा संस्था सुुदृढ हुुनुुका साथै जिम्मेवार बन्नेछ । आयोगले सार्वजनिक खरिद अनुुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई समायोजन गर्नुुपर्नेमा जोड दिएको छ । समायोजन पछिको नाम ‘सार्वजनिक खरिद एवं प्राविधिक अनुुगमन केन्द्र’ सुुझाएको छ ।

दुुवै कार्यालयको विगतको कार्यसम्पादन अपेक्षाकृत प्रभावकारी नभएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘दुुवै संस्था हाल प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका, समायोजन गर्दा एक अर्काका सफलता वा सामथ्र्यले विद्यमान कमजोरी हटाउन सक्ने एवं मितव्ययी हुुनाले एकअर्काको समायोजन गर्न आवश्यक छ ।’

केन्द्र र सुुशासन ऐन, २०६४ र नियमावली २०६५ अन्तर्गत मुख्य सचिवको संयोजकत्वमा रहेको अनुुगमन तथा मूल्यांकन समितिको प्रत्यक्ष सम्बन्ध हुुन्छ । यसोगर्दा कुुनै समस्या देखिए समाधान गर्न सहज हुुन्छ ।

अर्थ मन्त्रालयको संरचनामा फेरबदल

आयोगको प्रतिवेदनले अर्थ मन्त्रालयको संरचना फेरबदल गर्नुुपर्ने आवश्यकता औंल्याएको छ । मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा, योजना अनुुगमन तथा मूल्यांकन महाशाखाको कार्य क्षेत्र पुुनः परिभाषित गर्नुुपर्ने देखिएको छ ।

एउटै महाशाखाले बजेट तथा कार्यक्रममा रकम विनियोजन र बजेट कार्यान्वयन गर्न खर्च व्यवस्थापन दुुवै कार्य गर्दा विकृति बढेको उल्लेख छ । बजेट पारित भएपछि सूचना प्रणालीमा कार्यक्रम तथा परियोजना समावेश गर्ने, विनियोजित बजेट खण्डीकरण नगरी तथा अबण्डा मै राख्ने, स्रोत सुुनिश्चितता दिने जस्ता विकृति बढेको आयोगको टिप्पणी छ । बजेट विनियोजन गर्दा नै रकमान्तरको सोचले निर्देशित हुुने गरेको समेत उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘विविध शीर्षकको बजेट निकै ठूलो राख्ने र राष्ट्रिय गौरवको परियोजनामा न्यून बजेट विनियोजन गर्ने प्रवृत्ति छ ।’

आयोगले उल्लेखित महाशाखा हटाएर बजेट तथा मध्यकालीन खर्च संरचना महाशाखा र बजेट कार्यान्वयन तथा खर्च महाशाखा राख्न सुुझाव दिएको छ । बजेट तथा मध्यकालीन खर्च संरचना महाशाखाले संघीय योजना आयोगको सहकार्यमा मध्यकालीन वित्त संरचना र बजेट सीमा निर्धारण गर्नेछ ।

बजेट कार्यान्वयन तथा खर्च महाशाखले जेठ १५ मा बजेट पेस भएपछि साउन १ गतेसम्म ४५ दिनको समयमा सम्बन्धित मन्त्रालयसँग सहकार्य गरी बजेट कार्यान्वयनको १२ महिने कार्यतालिका बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.