हुम्लामा हावाहुरीले दर्जन बढी स्कुलको छानो उडायो

हुम्लामा हावाहुरीले दर्जन बढी स्कुलको छानो उडायो

सिमकोट : हिमपातपछि तिव्र रुपमा चलेको हावाहुरीले हुम्लाका एक दर्जनभन्दा बढी स्कुलहरुको छानो उडाएको छ । सदरमुकाम सिमकोटमै रहेको मानसरोवर माध्यमिक विद्यालय र साहारा समुहको छात्राबासको छानो नै उडाएको छ ।

शिक्षा विकास समन्वय इकाई प्रमुख वर्ष फडेराका अनुसार हावाहुरीले रलिङ्ग मावि बरगाउँ, मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायत विद्यालयका कक्षाकोठाको छाना उडाएको हो ।

मिनपचास बिदाको समय परेको बेला विद्यालयमा कोही नहुँदा मानवीय क्षति भने भएन । सदरमुकाम सिमकोटको मानसरोवर माविको कक्षा १२ कोठे भवनको पूरै छानो हावाहुरीले उडाएपछि कक्षा कोठाभित्रै २ फिटभन्दा बढी हिउँ जमेको छ ।

विद्यायका प्रधानाध्यापक अमरबहादुर शाहीका अनुसार फागुनको पहिलो साताबाट विद्यालयको पठन पाठन सुरु हुने विद्यालयका कक्षा कोठामा हिउँ थुप्रिएपछि कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ ।

यस्तै सिमकोट तल्लो बजारमा जिल्लाभरीका ५७ जना फरक क्षमता भएका बालबालिकालाई आवास र पठनपनठनको व्यवस्था गर्दै आएको साहारा नेपालको छात्राबासको छानो उडाएपछि छात्रावासमा आश्रय लिएका बालवालिकालाई बस्नै समस्या भएको बताइएको छ ।

छात्राबासको छानो उडाएपछि फरक क्षमता भएका बालिबालिकालाई खुला आकासमुनि चिसो हिउँमै बस्न बाध्य छन् । कोठामा राखिएका खाध्यन्न समेत हिउँले भिजाएर खाना पकाउन समेत नहुने भएपछि उनीहरुलाई बिहान बेलुकाको खाना समेत खान धौ भएको छ ।

लगातार ३ दिनसम्म परेको हिमपातसँगैको हावाहुरीले जिल्लाका धेरै सार्वजनिक र व्यक्तिगत भवनको समेत छाना उडाएको भन्दै राहतका लागि केही स्थानीयले प्रशासनसँग गुनासो गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.