राजस्व छलीमा भन्सार अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा, साढे ७ करोडको बिगो दाबी

राजस्व छलीमा भन्सार अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा, साढे ७ करोडको बिगो दाबी

काठमाडौं : रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत पवित्रकुमार खड्काविरुद्ध साढे ७ करोड बिगोसहित मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्कासहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध ७ करोड ५९ लाख ६३ हजार बिगो मागदाबी गरिएको छ ।

भन्सारका नासु धीरजकुमार थापा, मितेरी इन्टरनेसनलका मालिक सुमन श्रेष्ठ, मितेरीका रन्जन त्रिपाठीलाई प्रतिवादी बनाइएको छ । लामटाङ ट्रेड कन्सर्नका गाडीधनी धनबहादुर तामाङ, नेपाल बंगलादेश बैंकमा गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिने निरन्जन त्रिपाठी र चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ । अधिकृत खड्का र नासु थापालाई ८–१० वर्ष कैद सजायको माग गरिएको छ भने अन्यलाई आधा सजाय हुनेछ ।

राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालयको प्रज्ञापन अनुमति जाँचपास गरेको आधारमा काठमाडौं ल्याउँदै गरेका चाइल्ड भेस्ट, बेबी इलास्टिक कट्टु, इलास्टिक कट्टु, भेस्टलगयत बरामद गरेको थियो । ती सामान ना ५ ख ६६५४ नम्बरको ट्रकबाट ढुवानी गरिरहेका बेला राजस्वले नियन्त्रणमा लिएको थियो । गत मंसिर २४ गते काठमाडौं जिल्ला अदालतमा अधिकृत खड्कालगायत विरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुद्दाको अभियोगपत्रसहित प्रतिलिपि कागजात र उजुरीमाथिको अनुसन्धानबाट एडिडास लेखिएका भेस्ट र कट्टु सेट रहेको पाइएको छ । पैठारीकर्ता वा भन्सार एजेन्टले एउटा सामानलाई अर्कै भनेर जुत्ता ल्याएको पाइएको छ । सामानको प्रकृति, भौतिक विशेषता, गुण, नाप, आकार र गुणस्तरमध्ये सबै वा कुनै फरक पारी घोषणा गरे वा कुनै सामान घोषणा नै नगरे भन्सार ऐनबमोजिम सजाय हुने व्यवस्था छ ।

राजस्व ठग्न बदनियत गरेको पाइएको छ । एउटा देशमा उत्पादित सामान अर्को देशको भनी उत्पत्तिको मुलुक फरक पारी थोरै राजस्व तिरेर ल्याइरहँदा राजस्व अनुसन्धानले सामान बरामद गरेको थियो । थाइल्यान्डमा निर्मित क्लासिक फुटवेयर उल्लेख भएको २ हजार १ सय ६० जोडा लेडिज जुत्ताको उत्पत्तिको मुलक भन्सारमा चीन देखाएर ल्याएको पाइएको छ । उत्पत्तिको मुलक फरक पारी गलत घोषणा गरिएकोमा भन्सार कार्यालयबाट जरिवाना गर्नु पर्नेमा नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

आपसमा मिलेमतो गरी प्रज्ञापनपत्रमा गलत घोषणा गरी तिर्नुपर्ने राजस्वभन्दा थोरै बुझाएर सामान आयात गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण बमोजिम मुद्दा दायर गरिएको अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

यी हुन् मुद्दामा तानिएका व्यक्ति :

१. पवित्रकुमार खड्का

२. धीरजकुमार थापा

३. सुमन श्रेष्ठ

४. रञ्जन त्रिपाठी

५.धनबहादुर तामाङ

६.आकाश श्रेष्ठ

७. निरन्जन त्रिपाठी

८.डम्बरबहादुर श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.