कञ्चनपुरमा थप ५ किलो ६०० ग्राम सुन बरामद

कञ्चनपुरमा थप ५ किलो ६०० ग्राम सुन बरामद

महेन्द्रनगर : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति कञ्चनपुरमा थप ५ किलो ६०० ग्राम सुन बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो १८ किलो सुन बरामद गरेलगत्तै राति थप सुन बरामद गरेको हो।

दिउँसो सुनसहित पक्राउ परेका दाजुभाइ मध्ये दाजु लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६०० ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए ।

 पक्राउ परेका तिरुवा दाजुभाइमाथि सोधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्र्रहरीले जनाएको छ। शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो। बरामद गरिएको २३ किलोे ६ ०० ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। सुन भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको प्रहरीको अनुमान छ । 

पक्राउ परेका दुवै दाजुभाइमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ। राजश्व छली सुन ल्याइएको हुनाले अन्य अनुसन्धानका लागि भने राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ। निर्मला हत्याकाण्ड छानबिनका लागि महेन्द्रनगरमा रहेको एपी सुदीप गिरी नेतृत्वका सीआईबीको टोली खटएिको थियो।

साही टोलीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीका गंगालाल विकको घरभित्र आलुको थुप्रोमुनि लुकाइ राखेको अवस्थामा १८ किलो सुन फेला पारेको थियो । 

प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भइ भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरजलाई दिएका थिए। सुरज नेपाल प्रहरीका जवान हुन्। सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.